s

‘कोरियाबाट रेमिटयान्स सहज बनाउँछौ’

दक्षिण कोरियाबाट वैधानिक रूपमा नेपाल पैसा पठाउने माध्यम रेमिटयान्सको कार्यालय खोल्न चाहनेलाई नेपाल सरकारले सहयोग गर्ने राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले बताएका छन् । सोमबार सोलमा नेपाली दूतावासले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गभर्नर नेपालले कोरियाको केन्द्रीय बैंकसँग रेमिटयान्स कारोबारका लागि छलफल भएको जानकारी दिए । 
 
दक्षिण कोरियामा फस्टाउँदो हुन्डीका कारण नेपाल भित्रिने रेमिटयान्स न्यून भएपछि नेपाल सरकार गम्भीर भएको बताउँदै नेपालले थप रेमिटयान्सका कार्यालय खोल्न चाहनेलाई आहवान गरेका हुन् । उनले कोरियामा रहेका नेपालीहरूलाई वैधानिक रूपमा रकम नेपाल पठाउन आग्रह पनि गरे । कोरियाबाट वार्षिक कति रेमिटयान्स भित्रिन्छ भन्ने सही तथ्यांक छैन । 
 
ईपीएसबाट कोरिया आउने नयाँ कामदारलाई नेपालमा अनिवार्य खाता खेल्न लगाउने र पुन: आउने कामदारलाई पनि वैधानिक रूपमा नेपाल पैसा पठाएको देखिनुपर्ने कडा नियम लागू गर्न लागेको जानकारी उनले दिए । सरकारले पनि कोरियामा आएर काम गर्नेलाई छुट्टै महत्त्व दिएको छ । कोरियाबाट फर्केर कृषि वा व्यापार व्यवसाय गर्न चाहनेलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने व्यवस्था पनि गर्न लागेको गभर्नर नेपालले थपे । 
 
Published on: 8 November 2017 | Kantipur

Back to list

;