s

कोरियाबाट नेपाल फर्कन टिकट लिएका युवकले गरे आत्महत्या

सोल — कोरियाबाट नेपाल फर्कने टिकट लिएका एक नेपाली युवाले झुण्डिएर आत्महत्या गरेका छन् । महोत्तरी बर्दिबास घर भएका  प्रकाश थापा मगरलाई कोरियाको पुछानस्थित आफ्नै काम गर्ने कम्पनीको पछाडि बुधबार झुण्डिएको अवस्थामा भेटिएको थियो । २५ वर्षिय मृतक मगर सात महिना अघि कोरिया आएका थिए ।
 
अचानक कपाल झर्ने समस्या देखेपछि डक्टरलाई देखाउँदा गम्भीर समस्या नभएको भनिएपनि उनी क्यान्सर भएको हुन सक्ने आशंकामा चिन्तित थिए । उनका श्रम सहचारी डिल्लीराम बास्तोलाले उनी क्यान्सर भएको भन्दै दुःखी हुने गरेका थिए । त्यही समस्याका कारण ९ तारिख नेपाल जाने हवाई टिकट लिएका मृतक मगर ८ तारिखदेखि नै साथीहरुसँग सम्पर्कविहीन भएका थिए । मगर १० तारिखमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।
 
हाल उनको शव पोछान अस्पतालमा राखिएको छ । घटना सम्बन्धी आधिकारिक जानकारी आइसकेको नेपाली दूतावासले जनाएको छ ।
 
Published on: 11 January 2018 | Kantipur

Back to list

;