s

कोरियाबाट फर्केकालाई सीबीटी

कोरियाबाट रोजगारी गरेर वैधानिक रूपमा स्वदेश फिरेका नेपालीका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पुनः कोरिया जान अब कम्प्युटर प्रणालीमा आधारित परीक्षा (सीबीटी) सञ्चालन हुने भएको छ । नेपालमा पहिलो पटक बिहीबारदेखि ५ दिनसम्म सञ्चालन हुने भाषा परीक्षा 'ईपीएस टपिट' मा २ सय ४५ परीक्षार्थी छन् ।

'ईपीएस टपिट' गर्दैमा कोरिया जान पाइने ग्यारेन्टी नभए पनि रोजगारीका लागि आवेदन गर्न अनिवार्य रूपमा यो परीक्षा उत्तीर्ण हुनुपर्छ । कोरियाको रोजगार तथा श्रम मन्त्रालयअन्तर्गत मानव संशाधन विकास सेवा -एचआरडी) ले सञ्चालन गर्ने यो परीक्षा सीबीटीबाट भएलगत्तै कोरियामा पुगेर उसैले नतिजा प्रकाशन गर्छ । एचआरडी कोरियाले छिटोछरितो, निष्पक्ष र पारदर्शी रूपमा गर्नका लागि सीबीटी सुरु गरेको हो । उसले क्रमिक रूपमा कागजमा आधारित परीक्षा (पीबीटी) विस्थापित गर्दै लैजाने नीति लिएको छ ।

नियमित सीबीटी सञ्चालनका लागि ललितपुरको ग्वार्कोमा ईपीएस सेन्टर नेपालले कार्यालय स्थापना गरेको छ । सीबीटी हलको बुधवार रोजगार तथा श्रममन्त्री हरिप्रसाद न्यौपाने र एचआरडी कोरियाका उपाध्यक्ष ली चोङ बुकले संयक्त रूपमा उद्घाटन गरे । हलमा ३० वटा कम्प्युटर छन् । १ घन्टा १० मिनेटको परीक्षा सोधाई र बोलाई -लिस्निङ एन्ड स्पिकिङ) मा आधारित हुने र नतिजा चैत ३० मा गर्ने ईपीएस नेपाल शाखाले जनाएको छ ।

मन्त्री न्यौपानेले ईपीएस उत्तीर्ण भएको अनुपातमा नेपालीले कोरियामा कम रोजगार पाएको भन्दै अवसर बढाउन कोरियाबाट आएका एचआरडी अधिकारीसूग आग्रह गरे । 'यो समस्यालाई कूटनीतिक माध्यमबाट सम्बोधन गर्न हामी कोरिया सरकारसूग आग्रह गछौर्ं,' न्यौपानेले भने,' ईपीएस उत्तीर्ण गरेर पनि ८ हजारभन्दा बढी नेपालीले रोजगारीका लागि पर्खिरहेका छन् ।'

एचआरडी कोरियाका उपाध्यक्ष ली चोङ बुकले नेपाली इमान्दार र लगनशील भएकाले कोटा बढाउन पहल गर्ने बताएका छन् । उनले अहिले सञ्चालन हुन लागेको परीक्षाले फर्केका कामदारलाई पुनः अवसर दिलाउन सुरु गरेको भन्दै कोरियाका विभिन्न क्षेत्रमा नेपाली कामदारका लागि पहल गर्ने बताए । ईपीएसअन्तर्गत हालसम्म कोरियामा हालसम्म १६ हजार ३ सय नेपाली कामदार पुगेका छन् ।

Published on: 28 March 2013 | Kantipur

Back to list

;