s

कोरिया रोजगारी : चार दिनमा ५० हजार नाघे

रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत नवौं कोरियन भाषा परीक्षाका लागि ठूलो संख्यामा युवा आकर्षण देखिएको छ । भाषा परीक्षाका लागि आवदेन खुला गरेको चौथो दिन आइतबारसम्म देशभरबाट ५० हजारभन्दा बढी युवाले आवेदनका लागि बैंकमा पैसा जम्मा गरेका छन् ।
 
नवौं भाषा परीक्षामा सहभागी हुन चैत १७ गतेसम्म अनलाइन आवेदन दिन सकिनेछ । आवेदन दिने अवधि अझै एक हप्ता बाँकी छ । ईपीएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीका अनुसार ५० हजार युवाले भाषा परीक्षाका लागि ग्लोबल बैंकमा प्रतिव्यक्ति २४ डलर भुक्तानी गरिसकेका छन् । जसअनुसार भाषा परीक्षाकै लागि नेपाली बेरोजगार युवाको १२ करोड रुपैयाँभन्दा बढी जम्मा भएको छ । सन् २०१९ मा नेपालबाट ७ हजार १ सय युवा कोरिया जान पाउनेछन् । आइतबार बैंकमा रकम जम्मा गरेका युवाले सोमबार मात्रै अनलाइन आवेदन दिन सक्छन् । अनलाइन आवेदन दिने युवाको उमेर १८ वर्ष पूरा भएको ३९ ननाघेको हुनुपर्छ।
 
आवेदन दिँदा इमेल आईडी र फोन नम्बर अनिर्वाय गरिएको छ । एमआरपी पासपोर्ट र फोटो समेत पस्क्यान गरेर आवेदन समिट गर्नुपर्ने भण्डारी बताउँछन् । भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ । रीक्षा केन्द्र काठमाडौं र पोखरा तय भएको छ । पोखरामा १२ हजार मात्रै सहभागी हुन पाउनेछन् । समा उत्पादनमूलक क्षेत्रका लागि ४ हजार ८ सय र कृषि क्षेत्रका लागि २ हजार ३ सय जनाको सलिङ तोकिएको छ । तर, २०१८ का लागि १० हजार एक को काटो निर्धारण गरिएको थियो ।
 
Published on: 26 March 2018 | Madhyanha

Back to list

;