s

कोरिया पुगेको १५ दिनमै हत्या

रोजगारीका लागि दक्षिण कोरिया आएको दुुई हप्ता नपुुग्दै एक नेपालीको हत्या भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) बाट यहाँ आएका काभ्रे शंखु ४ का सुदिप राउतको शुक्रबार बिहान हत्या भएको हो । कोरियन प्रहरीले कम्पनीमा सँगै काम गर्ने भोजपुरका परशुराम राईलाई नियन्त्रणमा लिएको छ ।

ख्यंगिदो ग्वाङ्जुमा रहेको फर्निचर डेकुरेसन गर्ने वोनबाइन नामक कम्पनीमा कार्यरत राउत र राईबीच बिहीबार बेलुका सामान्य वादविवाद भएको छिमेकी कम्पनीका नेपाली कामदारले बताएका छन् । विवाद साम्य भएपछि सुुतिरहेका राउतलाई राईले शुुक्रबार बिहान १ बजे काठको लट्ठी प्रहार गरेर हत्या गरेको ती नेपालीले बताए । प्रहरीलाई घटनाको जानकारीसमेत राईले आफंै गरेका थिए ।

ग्वाङ्जु प्रहरीले सोलस्थित नेपाली दूूतावासलाई पठाएको प्रारम्भिक प्रतिवेदनमा पनि मृतक राउतको टाउकोमा लट्ठी प्रहार गरिएको उल्लेख छ । प्रतिवेदनमा लट्ठी प्रहारले मस्तिष्क ड्यामेज भएर मृत्युु भएको उल्लेख छ । दुुई हप्ताअघि आएका राउतको शव त्यहाँको एक अस्पतालमा राखिएको छ ।

Published on: 1 August 2015 | Kantipur
 

Back to list

;