s

कोरियामा मासिक तलब १ लाख ६८ हजार

दक्षिण कोरीयामा कामदारहरुको तलब बृद्धि भएको छ । रोजगारदाता तथा मजदुर संगठनका प्रतिनिधिबीच लामो छलफलपछि शनिबार विद्यमान तलबमा १०.९ प्रतिशत तलब बृद्धिको सहमति भएको हो ।
 
हाल ४० हजार बढी नेपाली कोरीयामा कार्यरत रहेका छन् । उनीहरु तलब बृद्धिबाट लावान्भित भएका छन् भने यो बृद्धि भएको तलब सन् २०१९ मा ईपीएस मार्फत रोजगारीमा जाने नेपाली कामदारहरु पनि पाउने छन् । कोरीयामा तलबबृद्धि पछि कामदारहरुले प्रतिघण्टा ८ हजार ३ सय ५३ वन पाउनेछन् । यसअघि मासिक तलब ७ हजार ५ सय ३० वन थियो । बृद्धिपछि मासिक तलब १ लाख ६८ हजार रुपैयाँ भन्दा बढी पाउने छन् । यो तलब बृद्धि विगत एक दशक यताकै धेरै भएको बताइएको छ ।
 
Published on: 15 July 2018 | Madhyanha

Back to list

;