s

कोरियामा कोरोनाको दोस्रो लहर, पहिलो पटक एक नेपाली संक्रमित

अशोक मैनाली

दक्षिण कोरियामा पहिलो पटक नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ। दक्षिण कोरियाको चोङ्ग्नाम स्थित हानुल नोंग्सान किम्ची कम्पनीमा कार्यरत २० वर्षीय नेपाली यूवतीमा कोरोना संक्रमण पुष्टि भएको कोरियाको सरुवा रोग नियन्त्रण शाखाले जनाएको।  

ती संक्रमित युवतीमा सामान्य लक्षण देखिपछि उनी आफै स्वास्थ्य परीक्षण केन्द्रमा गएर परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको बताईएको छ। उनीसंगै संक्रमित १७ जनाको उपचार भईरहेको छ भने उनीहरुसँग सम्पर्कमा रहेका अन्य २६ जनालाई आइसोलेसनमा राखिएको छ। त्यस्तै उनीहरुसंग सम्पर्क भएको ठानिएको १३१ जनाको स्वास्थ्य परीक्षण भईरहेको सरुवा रोग नियन्त्रण विभागले जनाएको। दक्षिण कोरियामा ५० हजार नेपालीहरु रहेकोमा हालसम्म कोरोना संक्रमण देखिएको यो पहिलो पटक हो। कोरोना नियन्त्रणका लागि विश्वमा नै 'नमुना ' बनिरहेको दक्षिण कोरियामा पछिल्लो पटक कोरोना संक्रमण ह्वात्तै बढेपछि सरकारले सामाजिक दुरी कायम गर्न कडा कदम चालिरहेको छ। सरकारी कामहरु सम्भव भएसम्म घरबाट नै गर्ने व्यवस्था गरेको छ भने विद्यालय र विश्वविद्यालयमा अनलाईन कक्षा मार्फत पठन पाठन शुरु गरिएको छ। निजी कम्पनीहरुलाई पनि 'वर्क फर्म होम ' लागु गर्न सरकार बिशेषले आग्रह गरेको छ। पछिल्लो पटक कोरोना संक्रमण फैलाउनमा मुख्य भूमिका भएको आरोप लागेको एक चर्चविरुद्ध सरकारले मुद्दा दायर गरिएको छ।  

नियमको अवज्ञा गर्ने अन्य चर्चविरुद्ध सरकार कठोर देखिएको छ। उता पछिलो समय सरकार र चिकित्सकबीच आरोप प्रत्यारोप चलिरहेको छ। कोरियाको मेडिकल एसोसियसनले सरकारले चिकित्सकको सुरक्षा र सेवामा ध्यान नदिएको भन्दै आन्दोलन गरेको थियो। कतिपय चिकित्सकहरुले कार्यस्थल नै छाडेर आन्दोलन गरेपछी सरकारले उनीहरुलाई कडा कारवाही गर्ने चेतावनी समेत दिएको थियो।

सरकारको चेतावनी पछि केही चिकित्सकहरु काममा फर्के पनि सरकार र चिकित्सकहरुबीच वाक युद्द जारी रहेको छ। केही दिन अघि राष्ट्रपती मुन जेई इनले बिरामीको उपचार गर्न छोडेर आन्दोलनमा जाने चिकित्सकहरुलाई युद्दमा मैदान छाडेर जाने भगौडा सैनिकसंग तुलना गरेका थिए भने हिजो मात्र सामाजिक संजाल फेसबुक मार्फत उनले नर्सहरुलाई धन्यवाद दिंदै डाक्टरहरु मैदान छोडेर जाँदा पनि बिरामीको लागि ठूलो त्याग गरेको भन्दै उनीहरुको उच्च प्रशंसा गरेका थिए। तर राष्ट्रपती मुनले नर्सहरुलाई मात्र प्रशंसा गर्दा डाक्टरहरुबारे केही नबोल्नुलाई उनि डाक्टरहरुसंग रुष्ट मात्र होइन उनले नर्स र डाक्टहरुबीच फाटो ल्याउन खोजेको आरोप समेत लागेको छ।  

तर राष्ट्रपती कार्यालयले डाक्टर र नर्सहरुबीच फाटो ल्याउन नभएर नर्सहरुको त्याग र समर्पण प्रति धन्यवाद मात्र दिएको दावी गरेको छ।  

Published on: 3 September 2020 | Nagarik

Link

Back to list

;