s

कोरिया लाहुरेको बाख्रापालन, सात जनालाई गाउँमै रोजगारी

नवीन शिशिर विक

बागलुङ, मंसिर १५ गते । कोरियन लाहुरेलाई समाजले हेर्दे दृष्टिः सुविधा सम्पन्न सहर बजारमा घरघडेरी, बैंक व्यालेन्स, विलासी जीवनशैली । अधिकांशको सवालमा यी र यस्ता आकलन मिल्ने हुन्छ ।

यस्तै भीडमा बागलुङ गलकोट नगरपालिका–१ दुदिलाभाटीका एक युवाले आफ्नो लाहुरे परिचयलाई बद्ल्ने अभ्यासमा लाग्नुभएको छ । पाँच वर्ष दक्षिण कोरियामा रोजगारी गरेर घर फर्कनुभएका दुदिलाभाटी गमबहादुर कँुवरको दैनिकी बाख्रा पालनमा वित्न थालेको हो । 

उहाँको लाहुरे परिचय बदलिएर युवा उद्यमीमा रुपान्तरण भएको छ । दक्षिण कोरियामा पाँच वर्ष आर्जन गरेको रकम उहाँले बाख्रा पालनमा लगानी गर्नुभएको छ । कँुवरको खोरमा हाल बोयर, खरी तथा बोयर खरी क्रसका दुई सय बा्रख्रा छन् ।

‘पहिलो देखिनै आफ्नो ठाउँमा उद्यम गर्नुपर्छ भन्ने थियो’ उहाँले भन्नुभयो–‘विदेशबाट फर्केर बाख्रा पालन सुरु गरे पनि आफ्नो परिवारसँगै थप ५ जनाले प्रत्येक्ष रोजगार पाएका छन् ।’ आफूसँग भएको पुँजीलाई उद्यममा लगानी गर्न सके सधैभर अरुको कामदार बन्नु नपर्ने उहाँको भनाइ छ ।

बजारमा खसी बोकोको माग अत्यधिक भएकाले बजारको कुनै समस्या नहुने कँुवरले बताउनुभयो । विगत तीन वर्षदेखि कृषि कर्ममा लाग्नुभएको कँुवरले गत वर्ष छिटफुट बोका विक्री गरेर १२ लाख रुपियाँ आम्दानी गरेको बताउनुभयो ।

आगमी बर्ष बोका तथा पाठा विक्री सुरु गरेपछि वार्षिक ३० लाख रुपियाँसम्म आम्दानी हुने उहाँको भनाई छ । ‘अहिले पाठा बेचेका छैनौँ’ उहाँले भन्नुभयो–‘बोकासँगै पाठा बचे भने बल्ल राम्रो आम्दानी हुन्छ ।’

विदेशमा गरेको आम्दानी उत्पादशील क्षेत्रमा लगानी गर्न सके रोजगारी सृजना हुनुका साथै गाउँघर उज्यालो हुने कँुवरकाे भनाइ छ । ‘पैसा हुनेले उद्यमको क्षेत्रमा लगानी गरौँ उहाँले भप्नुभयो–‘पैसा नहुनेको श्रम जोडर स्वरोजगार सृजनामा सबैले ध्यान दिनुपर्छ ।

Published on: 30 November 2020 | Gorkhapatra

Link

Back to list

;