s

कोरिया जान अवधि थप

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुुन २४ गते । ईपीएसमार्फत दक्षिण कोरिया जान भाषा परीक्षा पास गरी बसेका युवाका लागि छ महिना समय थप्न कोरिया सहमत भएको छ । यसबाट कोरियाली भाषा पास गरेका तर कोरोनाका कारण कोरिया जान नपाएका नेपाली युवा लाभान्वित हुनेछन् ।

परिमार्जित पूर्वप्रस्थान अभिमुुखीकरण तालिम पाठ्यक्रम कार्यान्वयन सम्बन्धमा आयोजना गरिएको प्रशिक्षकका लागि पुनर्ताजगी तालिमको समापन गर्न वैदेशिक रोजगार बोर्डले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले उक्त जानकारी दिनुभएको हो ।

मन्त्री चौधरीले अवधि थप गर्नेबारे दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी) सहमत भएको पनि जानकारी दिनुुभयो ।

मन्त्री चौधरीले कतारसँग हालको सम्झौतालाई संशोधन गरी जीटूजीमार्फत श्रमिक पठाउनका लागि नेपालका लागि कतारी राजदूतसँग छलफल भएको र यसमा विषयमा राजदूत सकारात्मक भएकोसमेत जानकारी दिनुुभयो ।

मन्त्री चौधरीले समयको माग, आवश्यकताका आधारमा पूर्वप्रस्थान अभिमुुखीकरण तालिमको पाठ्यक्रम परिमार्जित गरेर कार्यान्वयनमा ल्याइएको पनि बताउनुुभयो ।

उहाँले अभिमुुखीकरण तालिमको प्रभावकारिता हेरेर तालिम दिएबापतको सेवा शुल्क र समयमा विचार गर्न सकिने आश्वासन दिनुुभयो ।

मन्त्री चौधरीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणमा आफ्नो ध्यान केन्द्रित भएकाले इमानदारीपूर्वक काम गर्न वैदेशिक रोजगार कम्पनीका सञ्चालकलाई निर्देशन दिनुुभयो ।

कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले गन्तव्य देशको आवश्यकता हेरेर अभिमुुखीकरण तालिम दिनुुपर्ने बताउनुुभयो ।

मलेसिया र खाडी मुुलुकका दूतावासले स्रोतसाधन अभाव र सीमित जनशक्तिले काम गर्नुपर्ने अवस्थाले समस्या रहेकाले व्यवस्थित गर्न आवश्यकता अनुुसार स्रोतसाधन र जनशक्ति थप गर्नुपर्ने आवश्यकता औँल्याउनुुभयो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष कमल तामाङले अभिमुुखीकरण तालिम श्रमिकको प्रत्यक्ष रोजगारी र जीवनसँग जोडिएकाले देशको अवस्था र आवश्यकताका आधारमा तालिम दिनुपर्ने बताउनुुभयो ।

Published on: 8 March 2021 | Gorkhapatra

Link

Back to list

;