s

कोरिया जान अब सीप परीक्षण

रोजगार अनुमति प्रणाली (इपिएस) प्रणालीमार्फत दक्षिण कोरियामा काम गर्न जानेहरुलाई अब सीप दक्षताको परीक्षण पनि गरिने भएको छ । 
 
सन् २०१९ देखि इपिएस अन्तर्गतको कोरियन भाषा परीक्षाको छनौट प्रक्रियामा "अंक प्रणाली" भनिने नयाँ प्रणाली लागू गर्ने योजना रहेको मानव संसाधन विकास (एचआरडी) कोरियाले जनाएको छ । अंक प्रणाली भन्नाले तीन तहमा परीक्षा लिइने छ । पहिलो चरणमा कोरियन भाषा परीक्षा, दोस्रो चरणमा सीप परीक्षण एवम् कार्य दक्षताको मूल्यांकन गरिनेछ । दुवै चरणबाट पाएको अंकलाई जोडेर कूल प्राप्तांकको सबैभन्दा धेरै अंक ल्याउनेलाई प्राथमिक्ताको आधारमा अन्तिम छनौट गरिने छ । यसभन्दा अघि कोरियन भाषा दक्षताको आधारमा मात्रै कामदारको नामावली छनौट गर्दै आएका थिए ।
 
अब कामदारको शारीरिक अवस्था, सीपको स्तर, सम्बन्धित कामको अनुभवजस्ता विषयमा पनि मूल्यांकन गरिने छ । कोरियन भाषामा केही कमजोर भए तापनि अरु क्षमता भएका इमान्दार व्यक्तिलाई रोजगार दिलाउन यो प्रणालीले सहयोग गर्ने एचआरडीले जनाएको छ ।
 
एचआरडी कोरियाले विदेशी कामदार ल्याउने इपिएस प्रणाली लागू गरेको १६ देशमध्ये अंक प्रणाली प्राय: सबै देशमा लागू गरिसके तापनि नेपालमा गएको महाभूकम्पका कारण २०१९ सालदेखि लागू गर्न लागेको हो । काठमाडौंमा निमार्णधिन सिविटी भवन तत्काल सम्पन्न भएमा हालको परीक्षा प्रणाली पेपर बेस्ट परीक्षा (पिविटी) बाट कम्प्युटरमा आधारित परीक्षा (सिविटी) प्रणालीमार्फत परीक्षा लिइने पनि जनाएको छ ।
 
Published on: 1 June 2018 | Kantipur

Back to list

;