s

कोरिया भाषा परीक्षाका लागि ९३ हजार आवेदन

ईपीएस अन्तर्गत कोरिया भाषा परीक्षाका लागि यस वर्ष ९३ हजार ३७६ आवेदन परेको छ ।  कोरिया भाषा परीक्षा का लागि आवेदन दिने अन्तिम समयसीमा आइतबार राति १२ बजेसम्मका लागि तोकिएको थियो । 
 
यही चैत्र ८ गतेदेखि  ईपीएस भाषा परीक्षाका लागि आवेदन खुल्ला गरिएको थियो । ईपएिस खाशाकाअनुसार अन्तिम दिन आइतबार रातिसम्म आवेनद दिएका ९३ हजार ३७६ मध्ये उत्पादनतर्फ ६३ हजार ४६७ र कृषि तथा पशुपालनतर्फ २८ हजार ८८९ आवेदन परेका छन् ।  गत वर्षभन्दा यस वर्ष करीब ११ भन्दा बढी आवेदन परेको छ । कोरियाले यसपाली १० हजार ५० जना नेपाली कामदार कोरिया लैजाने तयारी गरेको छ। परीक्षा जेठ २५ र २६ का लागि तय भएको छ।
 
Published on: 2 April 2019 | Annapurna Post

Back to list

;