s

कोरिया भाषा परीक्षाका लागि ४ दिनमा ७२ हजार आवेदन

तुलसी सुवेदी

ईपीएस अन्तर्गत कोरिया भाषा परीक्षाका लागि ७२ हजारको आवेदन परेको छ। सोमबार बिहान साढे १० बजेसम्म ७२ हजार २०७ जनाले परीक्षाका लागि आवेदन दिएका छन्। 

गत शुक्रबारदेखि कोरिया भाषा परीक्षाका लागि आवेदन खुल्ला गरिएको थियो । आवेदन दिने समय १७ गते राति १२ बजेसम्म सम्म तोकिएको छ।ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीका अनुसार आवेदन खुलेको ४ दिनमा गतवर्षको हारहारीमा आवेदन परेको छ । गत वर्ष ८२ हजार भन्दा बढीले आवेदन दिएका थिए।  यस वर्ष ४ दिनमै सोही हारहारीमा पुग्न लागेकाले गतवर्ष भन्दा आवेदकको संख्या बढ्ने अनुमान गरिएको छ। 
 
कोरिया शाखाकाअनुसार आवेदक मध्ये  ५० हजार १२६ जना उत्पादनमूलक क्षेत्रतर्फ र २२ हजार ९१ जनाले कृषि क्षेत्रमा फारम भरेका छन्। अवेदन खुलेको सुरुकै दिन शुक्रबार ५८ हजारले फारम भरेका थिए। 
 
कोरियाले यसपाली १० हजार ५० जना नेपाली कामदार कोरिया लैजाने तयारी गरेको छ। कोरिया रोजगारीका लागि युवाले ईसेवा, आइएमई, ग्लोबल आईएमई बैंक, स्मार्ट बैंक, मोबाइल एप्सबाट समेत शुल्क बुझाएर अनलाइन फारम भर्न सक्ने व्यवस्था गरिएको छ।  
परीक्षा जेठ २५ र २६ का लागि तय भएको छ। पोखरा र काठमाडौंबाट आवेदन दिन सकिने छ। पोखरामा १२ हजारले मात्रै आवेदन दिन पाउने व्यवस्था गरिएको छ। 
 
Published on: 25 March 2019 । Annapurna Post

Back to list

;