s

कोरियन भाषा परीक्षाको केन्द्र तोकियो (सूचीसहित)

२०१९ देखि सीप परीक्षण पनि अनिवार्य

रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले भाषा परीक्षाको मिति र केन्द्र सार्वजनिक गरेको छ । भाषा परीक्षा यही जेठ २६ र २७ गते हुने छ ।

काठमाडौं, ललितपुर र पोखराका बिभिन्न सेन्टरहरुबाट परीक्षा लिइने छ । त्यसका लागि २८ वटा केन्द्र तोकिएको छ । भाषा परीक्षा दुई सिफ्टमा हुनेछ । पहिलो सिफ्ट बिहान ८ बजेदेखि १० बजेसम्म र दोस्रो सिफ्ट १२ बजेदेखि ४ बजेसम्म हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।
 
कामको लागि कोरिया जान इच्छुकहरुले भाषा परीक्षा उत्तीर्ण गर्नुपर्दछ । सन् २०१९ देखि भने सीप परीक्षण पनि अनिवार्य गरिने भएको छ ।
 
Published on: 2 June 2018 | Onlinekhabar

Back to list

;