s

कोरियाबाट फर्केकालाई 'प्याकेजमार्फत पुनःस्थापना’

कोरियामा रोजगारी गरेर स्वदेश फर्केका नेपाली युवालाई छुट्टै प्याकेजमार्फत पुनःस्थापना गर्ने योजना सरकारले बनाइने भएको छ। ईपीएसमार्फत कोरिया आएर कार्यावधि पूरा गरी स्वदेश र्फकने युवाहरूलाई प्याकेज बनाएर पुनःस्थापना गर्न लागिएको वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वनाथ ढकालले बताएका छन्।

दक्षण्िा कोरियाको रोजगार तथा श्रम मन्त्रालय र मानव संसाधन विकास कोरिया -एचआरडी) द्वारा आयोजित वैदेशिक रोजगारबाट फर्केका कामदारको पुनः एकीकरण सम्बन्धी नीति निर्धारण गर्ने सम्बन्धमा छलफल गर्न आयोजित सेमिनारमा भाग लिन आएका महानिर्देशक ढकालले यसबारे ६ मुलुकसँग अनुभव आदानप्रदान भएको बताए।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेसमेत सहभागी रहेको सेमिनारमा नेपाल, फिलिपिन्स, थाइल्यान्ड, भियतनाम, कम्बोडिया र इन्डोनेसियाका वैदेशिक रोजगार विभागका महानिर्देशकहरू, अन्तर्राष्ट्रिय निकायहरू अन्तर्राष्ट्रिय आप्रवासी संगठन, अन्तर्राष्ट्रिय श्रम संगठन र आप्रवासन विज्ञहरू सहभागी रहेका थिए। यस क्रममा सवै देशका प्रतिनिधिहरूले आआफ्ना देशमा भएका प्रगति तथा अनुभवबारे जानकारी गराएका थिए। विज्ञहरूले पुनः एकीकरणका विभिन्न स्वरूपहरूबारे चर्चा गरेका थिए। सेमिनार शुक्रबारदेखि दुई दिन सञ्चालन भएको थियो।

कोरियाबाट रोजगार पूरा गरी सीप सिकेर स्वदेश फर्केका कामदारहरूले सीपअनुसारको व्यवसाय सुरु गर्न सक्ने अवस्था सिर्जना गरिदिने, पुँजी र प्रविधि उपलब्ध गराउने जस्ता प्याकेज बनाएर पुनःस्थापनाका कार्यक्रमहरू सञ्चालन गरिने उनले बताए। 'कामदारहरूले भित्र्याएको रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने यो एउटा उत्तम विकल्प हुन सक्छ,' उनले थपे, 'यसमा उद्यमशीलतासम्बन्धी तालिमसमेत प्रदान गरिनेछ।' नेपालमा श्रम बैंकको अवधारणा आइसकेकाले स्वदेश फर्केर उद्यम गर्न चाहनेलाई उक्त बैंकमार्फत ऋण्ा उपलब्ध गराइने पनि योजना रहेको कुरा ढकालले बताए।

सेमिनारका क्रममा महानिर्देशक ढकालले एचआरडी कोरिया र सम्बन्धित निकायका प्रतिनिधिहरूसँग आप्रवासी मजदुरहरूको स्वास्थ्य सुरक्षा, सुविधामा बढी ध्यान केन्दि्रत गर्न र प्रवासी स्रोत केन्द्रमार्फत श्रम नियम, सूचनाहरू नेपाली कामदारलाई उपलब्ध गराउन तथा अध्यागमनका प्रक्रियामा सरलीकरण गर्न अनुरोध गरेका थिए।

Published on: 1 December 2014 | Kantipur

Back to list

;