s

कोरियाबाट फर्केकालाई पुन अवसर, उत्तीर्णको स्वास्थ्य परीक्षण ४ अस्पतालबाट

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनः भाषा परीक्षा सञ्चालन हुने भएको छ । साथै पछिल्लाे भाषा परीक्षामा उत्तीर्णहरुको स्वास्थ्य परीक्षण भदौ ४ देखि हुने भएको छ ।
 
वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका अनुसार भदौ ८ गतेदेखि कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन भाषा विशेष परीक्षा (सीबीटी) सञ्चालन हुन लागेको हो ।शाखाले पहिलो चरणको कम्प्युटरमा आधारित भाषा परीक्षा गत वैशाख १७ गते सञ्चालन गरेको थियो ।
 
यसैबीच सन् २०१८ को भाषा परीक्षा उतीर्ण गरी उत्पादनमुलक र कृषि तथा पशुपालनतर्फ छनोट भएका उम्मेदवारको आगामी भदौ ४ देखि ११ गतेसम्म स्वास्थ्य परीक्षण हुने शाखाले जनाएको छ ।
 
मीनभवनस्थित निजामती अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, लगनखेलस्थित पाटन अस्पताल र थिमीस्थित कोरिया नेपालमैत्री अस्पतालमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको शाखाका निर्देशक खनालले जानकारी दिए ।गत जेठ २६ र २७ गते लिइएको नवौँ चरणको कोरियन भाषा परीक्षामा सात हजार ९९६ जना उतीर्ण भएका थिए ।
 
Published on: 9 August 2018 | Onlinekhabar

Back to list

;