s

कोमामा रहेका सार्कीको परिवारलाई घर

साउदी अरबबाट कोमामा फर्केका रामकृष्ण सार्कीको परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरिएको छ । सामाजिक सञ्जाल अभियानमार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीबाट संकलित रकमले चाँगुनारायण नगरपालिका–४, संगम टोलका ४३ वर्षीय रामकृष्ण सार्कीको परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेको छ । 
 
वैदेशिक रोजगारीका लागि उनी साउदी अरब पुगेर चार वर्षअघि कोमामा फर्किएका थिए । सार्कीको परिवार ०७२ वैशाखको भूकम्पका कारण घर भत्किएपछि करिब ३० महिनायता कुखुरा पाल्न बनाइएको टहरामा बसेका थिए । सामाजिक सञ्जालबाट दीनदु:खीहरूको सेवामा कार्यरत सामाजिक अभियन्ता ढिकुरपोखरी–६, पाउदुरकोट कास्कीकी सरिता गुरुङले शुक्रबार घर हस्तान्तरण गरेकी हुन् । सामाजिक संकलित रकमबाट चारकोठे भूकम्प प्रतिरोधी घर निर्माण गरिएको थियो । सार्कीको आवास पुनर्निर्माणका लागि विभिन्न सामाजिक सञ्जालमार्फत ११ लाख १२ हजार ५ सय ५५ रुपैयाँ संकलन भएको उनले बताइन् ।
 
सार्कीको आवास पुनर्निर्माणका लागि सरिता गुरुङ फाउन्डेसनले डेढ लाख रुपैयाँ सहयोग गरेको उनले बताइन् । 
 
Published on: 14 November 2017 | Kantipur

Back to list

;