s

को को जान पाउँछन् खाडी र मलेसिया ?

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले कोरोना भाइरस संक्रमणको जोखिमका कारण खाडी राष्ट्र र मलेसिया भ्रमणमा रोक लगाउने यसअघिको आदेश संशोधन गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै माघ १० गते सोमबारदेखि भिजिट भिसामा ती राष्ट्रहरुमा जान लगाइएको प्रतिबन्धमा केही खुकुलो पारेको जनाएका हुन् । उनका अनुसार सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिहरु, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संघ/संस्थाका प्रतिनिधि एवं अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाका प्रतिनिधि भई भ्रमण गर्न जाने प्रतिनिधि, बिरामी कुरुवा वा बिरामीको रेखदेखको रुपमा जानेहरुका लागि अनुमति दिने उल्लेख छ ।

सरकारले कोरोना संक्रमण र अन्य कारण देखाउँदै शुक्रबार अर्को आदेश नभएसम्मका लागि माघ १० देखि खाडी र मलेसिया भ्रमणमा जान रोक लगाउने जनाएको थियो ।

Published on: 24 January 2022 | Kantipur

Link

Back to list

;