s

किशोरीलाई फकाएर भारत लैजाँदै गरेका दुई महिला पक्राउ

फणि महत

रौतहट गौर नगरपालिका–१ स्थित भन्सार सुरक्षा जाँच नाकाबाट युवती बेचबिखन गर्न लैजाँदै गरेको आरोपमा दुई महिला पक्राउ परेका छन् । प्रहरीले बुधबार उनीहरुलाई पक्राउ गरी बिहीबार दिउसो सार्वजनिक गरेको हो ।

गौर घर भएकी १९ वर्षीया किशोरीलाई प्रलोभन देखाएर भारततर्फ लैजाँदै गरेको अवस्थामा डडेलधुरा घर भएकी दुर्गादेवी बोहोरा र रौतहटकी पार्वती देवी पक्राउ परेका हुन् । डडेल्धुरा आलीटार नगरपालिका–४ की ४२ वर्षीया दुर्गादेवी र रौतहट दुर्गा भगवती गाउँपालिका–७ गंगापिपराकी ५० वर्षीया पार्वती देवीलवाई मानव बेचबिखन तथा ओसारपसार मुद्दा अन्तर्गत अनुसन्धान भइरहेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविन कार्कीका अनुसार माइती नेपालको सहयोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

Published on: 6 June 2019 | Annapurna Post

Back to list

;