s

किशोरी बन्धक बनाउने दुई भारतीय पक्राउ

कञ्चनपुरकी १५ वर्षीया एक किशोरीलाई बन्धक बनाउने दुईजना भारतीय नागरिकविरुद्ध मानव बेचबिखनविरुद्ध मुद्दा दायर गरिएको छ ।
 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भारतीय नागरिकविरुद्ध मानव बेचबिखन तथा ओसारपसार अभियोगमा मुद्दा दायर गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठीले जानकारी दिए ।
 
भारतको पिलिभित जानदवा बस्ने २४ वर्षीय इन्तजाल अहमद र २० वर्षीय अफजल सोहिब अहमदविरुद्ध मानव बेचबिखनविरुद्ध मुद्दा दायर गरिएको हो ।
 
उनीहरूले गत साता कञ्चनपुरकी १५ वर्षीया किशोरीलाई भारतको टनकपुरस्थित एक कोठामा बन्धक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो ।
 
‘बालिकालाई प्रलोभनमा पारी बन्धक बनाएको अवस्थामा कञ्चनपुर प्रहरीले बालिकाको उद्धार गरेको हो, प्रहरी उपरीक्षक सेठीले उनले भने, ‘बालिकालाई परिवारको जिम्मा लगाइएको छ ।’ घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 
Published on: 28 May 2018 | Naya Patrika

Back to list

;