s

खुल्यो कंगो

दिनेश रेग्मी

सरकारले वैदेशिक रोजगारको लागि नयाँ गन्तव्यका रूपमा मध्य अफ्रिकी मुलुक गणतन्त्र कंगोलाई खुला गरेको छ । सरकारले खुला गरेको यो १०९ औं देश हो । 'नेपाल राजपत्र' मा श्रम तथा रोजगार मन्त्रालयको बुधबार प्रकाशित सूचनामा 'रिपब्लिक अफ कंगोमा नेपाली कामदारलाई काम गर्न पठाउन वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न पाउने गरी मुलुक तोकेको' उल्लेख छ । ब्राजाभिले राजधानी रहेको गणतन्त्र कंगोसँग नेपालको कूटनीतिक सम्बन्ध २२ सेप्टेम्बर २००६ देखि छ । उस्तै नाम गरेको यसको छिमेकी देश 'लोकतान्त्रिक गणतन्त्र कंगो' मा नेपाली शान्ति सेना रहे पनि कूटनीतिक सम्बन्ध कायम भएको छैन ।

मन्त्रालयले कंगोका लागि खाना बस्नबाहेक न्यूनतम मासिक पारिश्रमिक तहगत रूपमा ३ सय २० अमेरिकी डलरदेखि २ हजार डलरसम्म निर्धारण गरेको छ । जसअनुसार अदक्ष कामदारको ३ सय २० डलर -करिब २७ हजार ६ सय रुपैयाँ), अर्धदक्षको ४ सय ३० डलर, दक्षको ६ सय २० र उच्च दक्षको २ हजार डलर -करिब १ लाख ७२ हजार ६ सय रुपैयाँ) तोकेको छ ।

मन्त्रालयले खाना, बस्न, भिसा र हवाई टिकट कम्पनीले निःशुल्क बेहोर्नुपर्ने र म्यानपावर कम्पनीले सेवा शुल्कका लागि बढीमा २० हजार रुपैयाँ लिन पाउने भनेको छ । तर सेवा शुल्कबारे राजपत्रमा उल्लेख छैन । वैदेशिक रोजगार ऐनअनुसार विभागीय मन्त्रीस्तरीय निर्णयबाट कंगोलाई खुला गरेको हो ।

सरकारले हालसम्म खुला गरेका मुलुकमध्ये इराक र लिबियाको लागि वैदेशिक रोजगारका लागि श्रम स्वीकृत दिने गरेको छैन । अफगानिस्तान आंशिक रूपमा मात्र खुला छ । मन्त्रालयले गणतन्त्र कंगोमा वैदेशिक रोजगारको अवस्था सकारात्मक भएको जानकारी आएपछि खुला गरेको जनाएको छ । मन्त्रालयले इजिप्ट र दक्षिण अपि|mकास्थित नेपाली दूतावासबाट जानकारी लिएर खुला गरेको थियो । यसबारे श्रम सम्बन्ध क्षेत्रसँग छलफल चलेको छैन । 'हामीले नेपालीले दुःख पाउने अवस्था छ कि छैन भन्ने परराष्ट्रमार्फत बुझ्दा सकारात्मक पाएकाले खुला गरेका हौं,' श्रम सचिव सुरेशमान श्रेष्ठले भने, 'गत ८/१० महिनादेखि माग आए पनि बुझ्दै जाँदा अहिले निर्णय भएको हो ।'

परराष्ट्रले कंगोले अन्तर्राष्ट्रिय श्रमसम्बन्धी महासन्धिमा हस्ताक्षर गरेकाले रोजगारका लागि सकारात्मक भएको जनाएको छ । सरकारले कंगो कुन दूतावासले हेर्ने निक्र्योल गरेको छैन । कंगोले २००८ सेप्टेम्बर २९ मा आप्रवासी कामदार तथा तिनका परिवारको अधिकारसम्बन्धी राष्ट्रसंघीय महासन्धिमा हस्ताक्षर गरेको थियो । संख्या यकिन नभए पनि विभिन्न माध्यमबाट कंगो पुगेर केही नेपालीले काम गरेका छन् । हाल त्यहाँ कार्यरत चिनियाँ बहुराष्ट्रिय कम्पनीले नेपाली कामदारको माग गरेको श्रम मन्त्रालयको भनाइ छ । पेट्रोलियम पदार्थ मुख्य स्रोत रहेको कंगोमा त्यससँग सम्बन्धित उद्योग, कृषि, होटल, रेस्टुरेन्ट, पाम आयल, सिमेन्ट, साबुन, फूलजन्य क्षेत्र र चुरोट कारखानामा कामको सम्भावना छ ।

१५ अगस्ट १९६० मा प|mान्सको उपनिवेशनबाट स्वतन्त्र कंगोको अधिकारिक भाषा प|mेन्च र स्थानीयस्तर विभिन्न अपि|mकी भाषी छन् । करिब ४४ लाख जनसख्या भएको कंगोमा प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलरको हाराहारीमा छ ।

मानव अधिकार हनमा प्रश्न उठिरहने कंगोमा एचआईभी एड्स चुनौतीका रूपमा देखिँदै आएको छ । १ लाख २० हजारभन्दा बढी एचआईभी संक्रमित कंगोलीमा प्रतिवर्ष कम्तीमा ५ हजारभन्दा बढीको ज्यान जाने गरेको छ ।

श्रम मन्त्रालयले कंगो खोल्न गृहकार्य गरेको समाचार अघिल्लो साता कान्तिपुर र ईकान्तिपुरमा प्रकाशित भएपछि एक पाठक कैलालीका सुमन पाठकले 'नेपालमा एड्स भित्र्याउने मेसो ! कंगो, रुवान्डा, बुरुन्डी सबैतिर काम गर्न गए भयो' भनेर प्रतिक्रिया जनाएका थिए । ३ लाख ४२ हजार वर्ग किमिको कंगोले आफ्ना उत्पादन खनिज तेल, काठ, प्लाइउड, चिनी, कफी र हिरा निर्यात गर्छ । बहुदलीय व्यवस्था र दुई सदन रहेको कंगोमा धार्मिक रूपमा क्रिस्चियन ९० प्रतिशतभन्दा बढी, अन्यमा इस्लाम, बहाई र स्थानीय अपि|mकी धर्मावलम्बी छन् । नेपालभन्दा पौने ५ घन्टा समयान्तर रहेको कंगोका छिमेकी देशमा क्यामरुन, गाबोन, मध्य अपि|mकन गणतन्त्र र लोकतान्त्रिक गणतन्त्र कंगो छन् ।

Published on: 2 March 2013 | Kantipur

 

Back to list

;