s

खारेज म्यानपावरको नाममा करोडैं ठगी

करीव एक दशक अघि बन्द भएको बजाज ओभरसिजका नाममा वैदेशिक रोजगारमा कुवेत लैजाने भन्दै करीव तीन सयभन्दा बढी युवालाई ठगि भएको छ । नव नियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले चालू अवस्थामा रहेका म्यानपावर कम्पनीलाई ठगी नियन्त्रण गर्न कडा निर्देशन दिइरहेको अवस्थामा बन्द भएको म्यानपावरका नाममा ठगीको ठूलो घटना सार्वजनिक भएको हो ।
 
कुवेतको ग्लोबल एक्सल र गल्फ कष्ट कम्पनीमा पठाउने भन्दै न्यू ब्लु स्टार ओभरसिजमा आएको डिमाण्डलाई आधार बनाई उक्त म्यानपावरले करीव तीन सय युवालाई ठगी गरेको पाइएको हो । कामदारसँग प्रतिव्यक्ति ६० हजारदेखि १ लाख ६० हजारसम्म असुली गरिएको पाइएको छ । म्यानपावर खारेज भइसकेको भएपनि सञ्चालक बताउने उमेश कटुवाल फरार भएका छन् । म्यानपावरमा म्यानेजर बताउने सर्लाही हरिवनका रामेश्वर सिंह पक्राउ परेका छन् । उक्त म्यानपावर खारेज हुनु अघि जुनु राउतको नाममा रहेको थियो ।
 
कुवेतका दुई कम्पनीमा ड्राइभर, सेक्युरिटी गार्ड, मेसन र जेनरल वर्कर पदमा पठाईदिने भन्दै झन्डै डेढ करोड भन्दा बढी रकम असुल गरेको पीडितहरुको भनाइ छ । कम्पनीको प्यान नम्बर देखाएर कामदारबाट रकम असुलेको उक्त धन्दामा रकम लिने व्यक्तिले कागज गरिदनु पर्नेमा कामदारबाट मैले कम्पनीलाई रकम बुझाएको ठीक साँचो हो भनी ल्याप्चे लगाउन लगाइएको छ । पीडितहरु आफ्नो पैसा फिर्ता नआउने हो कि भन्नेमा चिन्तित बनेका छन् । वैदेशिक रोजगार विभागमा यस अघि आफूहरु ठगिएको भन्दै पुगेका उनीहरुलाई विभागले आरोपीहरुको तीन पुस्ते ल्याउन भनेपछि पीडितहरुकै सहयोगमा सिंह पक्राउ परेका हुन् । पक्राउ परेका सिंहले आफूलाई मासिक पाँच हजार बढी तलब दिएकोले म्यानेजर बनेको भन्दै आफूले ठगी नगरेको दाबी गरेका छन् ।
 
Published on: 22 March 2018 | Madhyanha

Back to list

;