s

खराफीमा अलपत्र सवै कामदारको उद्दार

कुवेतस्थित समस्याग्रस्त खराफी नेशनल कम्पनीको कामदार समस्या समाधान भएको छ । अलपत्र कामदारहरु स्वदेश फर्किएपछि पीडित नेपालीहरुलाई उद्दार गर्न बनेको राहत समितिको अभियान विघटनको घोषणा गरिएको छ । गत बुधबार कुवेतको फर्वानियास्थित एभरेष्ट होटलमा बसेको समितिको बैठकले आधारिक रुपमा अभियान समाप्त भएको निर्णय गरेको हो ।
 
अभियानमा प्रत्यक्ष रुपमा १० र अप्रत्यक्ष रुपमा १७ जनाले राहत लिएका छन् । १० जनालाई टिकट तथा ओभर स्टे जरिवाना दिएर उद्दार गरिएको र १७ जनालाई राजदूतावास र पीडितबीच सहकार्य गराउन मध्यस्थताको भूमिका निर्वाह गरेर डिपोटेसन मार्फत उद्दार गरेको समितिले जनाएको छ । अभियानका क्रममा उठेको ६८६.२५ केडि मध्ये ३८३ केडि राहतमा खर्च भएको र बाँकी रकम ३०३.२५ केडि हाल कुवेतमा उद्दारको अभियान चलिरहेका अभियानहरुलाई दामासायी रुपले बाँडिएको समितिले जनाएको छ ।
 
Published on: 16 February 2018 | Madhyanha

Back to list

;