s

खाडी मुलुकमा संयन्त्र नहुँदा चेलिबेटी उद्धारमा कठिनाइ

राजेन्द्र नाथ

दलालमार्फत खाडी मुलुक पुर्‍याइएका चेलीको उद्धारमा कठिनाइ भएको छ । ती मुलुकमा उद्धार संयन्त्र नहुँदा र राज्यले खोजबिनमा पहल नगर्दा कठिनाइ भएको हो ।

प्रलोभनमा पारेर भारतका विभिन्न सहरमा यौन शोषण, बेश्यावृत्तिलगायत अमानवीय काममा लगाइएका चेलीको उद्धार गर्दै आएको माइती नेपाललगायत विभिन्न संघसंस्थाले पछिल्लो पटक खाडी मुलुकमा पनि त्यस्तै प्रकृतिका काममा संलग्न चेलीको उद्धारमा कठिनाइ भएको जनाएको छ । 'खाडीमा उद्धार संयन्त्र नहुँदा र राज्यबाट प्रभावकारी कदम नचालिँदा समस्या छ,' वरिष्ठ कार्यक्रम अधिकृत सविन गुरुङले भने ।

पछिल्लो एक वर्षमा रोजगारका लागि खाडी मुलुक जाने महिलाको संख्या ह्वात्तै बढेको छ । मानव दलालले विभिन्न प्रलोभनमा भारतको बाटो हुँदै गैरकानुनी तरिकाले उनीहरूलाई खाडी पुर्‍याउने गरेका हुन् । उद्धार त्यता केन्दि्रत गरे पनि जाली पासपोर्टलगायत गैरकानुनी तरिकाले जाने भएकाले थप समस्या आएको माइती नेपालले जनायो । भारतमा त्यहाँका सामाजिक संघसंस्था तथा सरकारी स्तरबाट पाएजस्तो समन्वय र सहयोग नपाएको वरिष्ठ अधिकृत गुरुङले बताए । बाँके उढरापुरकी एक महिला ३ महिनादेखि खाडी मुलुकमा अलपत्र परेकी छन् । उनको परिवारले उद्धारका लागि माइती नेपाललाई गुहारेको छ । तर उनी कहाँ र कुन अवस्थामा छन् भन्ने अहिलेसम्म पत्ता लाग्न नसकेको नेपालगन्ज संयोजक केशव कोइरालाले बताए । उनले दाङकी एक महिला बंगलादेशमा अलपत्र परेको र उनको उद्धारका लागि प्रक्रिया सुरु गरेको जनाए । 'भारतमा नेपालीको सजिलो पहुँच र प्रभाव हुँदा चाँडै सम्भव थियो,' उनले भने, 'तर विदेशमा पहुँच नहुँदा गाह्रो भइरहेको छ ।'

सन् २०११ मा माइती नेपालमा चेलिबेटी खोजतलासका लागि १ हजार ५ सय २६ निवेदन परेका छन् । त्यसमध्ये ७० प्रतिशत खाडी मुलुकमा गएका महिला छन् । १ सय ९१ जना महिलामात्र फेला परेको र तीमध्ये पनि धेरै भारतबाट उद्धार गरिएको वरिष्ठ अधिकृत गुरुङले बताए । हराएका अधिकांश महिलाको उद्धार हुनै सकेको छैन । त्यस्तै एक वर्षमा नेपालगन्ज शाखामा मात्रै २ सय ८४ जनाले खोजतलासका लागि निवेदन दिएका छन् । त्यसमा २२ जनाको मात्र उद्धार सम्भव छ । 

मानव तस्करले भारतमा भिसा बनाएर नेपाली महिलालाई खाडी मुलुक पुर्‍याउने गरेका छन् । प्रहरी प्रशासनले मानव तस्करलाई पक्राउ गर्न नसक्दा महिला सजिलै खाडी पुग्ने गरेको आफन्तको गुनासो छ । अवैधानिक तरिकाले खाडी मुलुकमा जाने महिलाको तथ्यांक सरकारी निकायमा नहुने भएकाले पनि यस क्षेत्रबाट खाडी गएकाको यकिन तथ्यांक छैन । दलालले राम्रो काम लगाइदिने प्रलोभनमा महिला त्यता पुग्ने गरेका हुन् । 

एक नेपाली मूलकी भारतीय महिलाको शव ११ महिनादेखि खाडी मुलुकमै अलपत्र छ । उनी दैलेख घर भएकी नेपाली महिलाको पासपोर्टमा त्यहाँ पुगेपछि कुन देशको नागरिक भन्नेमै अन्योल सिर्जना भएपछि शव आउन नसकेको हो । माइती नेपालले दलालहरू नेपाल, भारत दुबैतिर उत्तिकै सक्रिय रहेको जनाएको छ । खाडी मुलुकमा पुगेका अधिकांश महिला आफन्तकै सहयोगमा त्यहाँ पुग्ने गरेको पाइएको छ । घरमा आर्थिक अवस्था कमजोर र चिनेकै व्यक्तिले विदेश पठाइदिने भएपछि अभिभावकले

प्रलोभनमा पारेर भारतका विभिन्न सहरमा यौन शोषण, बेश्यावृत्तिलगायत अमानवीय काममा लगाइएका चेलीको उद्धार गर्दै आएको माइती नेपाललगायत विभिन्न संघसंस्थाले पछिल्लो पटक खाडी मुलुकमा पनि त्यस्तै प्रकृतिका काममा संलग्न चेलीको उद्धारमा कठिनाइ भएको जनाएको छ । 'खाडीमा उद्धार संयन्त्र नहुँदा र राज्यबाट प्रभावकारी कदम नचालिँदा समस्या छ,' वरिष्ठ कार्यक्रम अधिकृत सविन गुरुङले भने ।

पछिल्लो एक वर्षमा रोजगारका लागि खाडी मुलुक जाने महिलाको संख्या ह्वात्तै बढेको छ । मानव दलालले विभिन्न प्रलोभनमा भारतको बाटो हुँदै गैरकानुनी तरिकाले उनीहरूलाई खाडी पुर्‍याउने गरेका हुन् । उद्धार त्यता केन्दि्रत गरे पनि जाली पासपोर्टलगायत गैरकानुनी तरिकाले जाने भएकाले थप समस्या आएको माइती नेपालले जनायो । भारतमा त्यहाँका सामाजिक संघसंस्था तथा सरकारी स्तरबाट पाएजस्तो समन्वय र सहयोग नपाएको वरिष्ठ अधिकृत गुरुङले बताए । बाँके उढरापुरकी एक महिला ३ महिनादेखि खाडी मुलुकमा अलपत्र परेकी छन् । उनको परिवारले उद्धारका लागि माइती नेपाललाई गुहारेको छ । तर उनी कहाँ र कुन अवस्थामा छन् भन्ने अहिलेसम्म पत्ता लाग्न नसकेको नेपालगन्ज संयोजक केशव कोइरालाले बताए । उनले दाङकी एक महिला बंगलादेशमा अलपत्र परेको र उनको उद्धारका लागि प्रक्रिया सुरु गरेको जनाए । 'भारतमा नेपालीको सजिलो पहुँच र प्रभाव हुँदा चाँडै सम्भव थियो,' उनले भने, 'तर विदेशमा पहुँच नहुँदा गाह्रो भइरहेको छ ।'

सन् २०११ मा माइती नेपालमा चेलिबेटी खोजतलासका लागि १ हजार ५ सय २६ निवेदन परेका छन् । त्यसमध्ये ७० प्रतिशत खाडी मुलुकमा गएका महिला छन् । १ सय ९१ जना महिलामात्र फेला परेको र तीमध्ये पनि धेरै भारतबाट उद्धार गरिएको वरिष्ठ अधिकृत गुरुङले बताए । हराएका अधिकांश महिलाको उद्धार हुनै सकेको छैन । त्यस्तै एक वर्षमा नेपालगन्ज शाखामा मात्रै २ सय ८४ जनाले खोजतलासका लागि निवेदन दिएका छन् । त्यसमा २२ जनाको मात्र उद्धार सम्भव छ । 

मानव तस्करले भारतमा भिसा बनाएर नेपाली महिलालाई खाडी मुलुक पुर्‍याउने गरेका छन् । प्रहरी प्रशासनले मानव तस्करलाई पक्राउ गर्न नसक्दा महिला सजिलै खाडी पुग्ने गरेको आफन्तको गुनासो छ । अवैधानिक तरिकाले खाडी मुलुकमा जाने महिलाको तथ्यांक सरकारी निकायमा नहुने भएकाले पनि यस क्षेत्रबाट खाडी गएकाको यकिन तथ्यांक छैन । दलालले राम्रो काम लगाइदिने प्रलोभनमा महिला त्यता पुग्ने गरेका हुन् । 

एक नेपाली मूलकी भारतीय महिलाको शव ११ महिनादेखि खाडी मुलुकमै अलपत्र छ । उनी दैलेख घर भएकी नेपाली महिलाको पासपोर्टमा त्यहाँ पुगेपछि कुन देशको नागरिक भन्नेमै अन्योल सिर्जना भएपछि शव आउन नसकेको हो । माइती नेपालले दलालहरू नेपाल, भारत दुबैतिर उत्तिकै सक्रिय रहेको जनाएको छ । खाडी मुलुकमा पुगेका अधिकांश महिला आफन्तकै सहयोगमा त्यहाँ पुग्ने गरेको पाइएको छ । घरमा आर्थिक अवस्था कमजोर र चिनेकै व्यक्तिले विदेश पठाइदिने भएपछि अभिभावकले नै सजिलै विदेश जाने सहमति दिने गरेको चेलिबेटी बेचविखन नियन्त्रण क्षेत्रमा कार्यरतहरूको भनाइ छ ।

Published on: 29 December 2011 | Kantipur

Back to list

;