s

खड्गीमाथि गैर–कानूनी धन्दाको आरोप

नेपाली कलाकारिता क्षेत्रका एक हस्ती मानिने चलचित्र द्वन्द्व निर्देशक राजेन्द्र खड्गीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मनाव तस्करीको आरोपमा अनुसन्धान थालेको छ । खड्गीमाथि गैरकानुनी तरिकाले युवाहरुलाई वैदेशिक रोजगारको लागि आकर्षक गन्तव्य मानिने दक्षिण कोरिया पठाएको आरोप छ ।
 
केही समय अगाडि दक्षिण कोरियामा सांस्कृतिक कार्यक्रममा भाग लिन खड्गीसहितको जम्बो टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको प्रहरीको भनाइ छ । तर, खड्गी र अर्को एकजना मात्रै नेपाल फर्केको र बाँकी ११ जना उतै बसेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा भेटिएको प्रहरीको भनाइ छ ।
 
ब्यूरोका प्रमुख (डीआईजी) पुष्कर कार्कीले द्वन्द्व निर्देशक राजेन्द्र खड्गीबारे अनुसन्धान भइरहेको पुष्टि गर्दै खड्गीसँग गएका ११ जना दक्षिण कोरियामा लुकेको सूचना आएको बताए । खड्गीले प्रतिव्यक्ति १० देखी १५ लाख रुपैयाँ असुलेर दक्षिण कोरियामा मान्छे लगेको सूचना प्रहरीले प्राप्त गरेको बताइएको छ ।
 
दक्षिण कोरियामा जान धेरै बेरोजगार युवाहरु लालायित हुने गरेका छन् । नेपालबाट कोरियामा रोजगार अनुमति प्रणाली (इपीएस)मार्फत सरकारले नै कामदार पठाउने गर्दछ । कोरियामा कामदारको न्यूनतम कमाई मासिक डेढ लाख रुपैयाँको हाराहारीमा हुने गर्दछ ।
 
Published on: 8 February 2018 | Madhyanha

Back to list

;