s

खाडीमा नेपाली: ‘राजनीति गर्दा’ रोजगारी जोखिममा

 
खाडी मुलुकमा समेत गएर ‘राजनीतिक गतिविधि’ गर्न थालेपछि त्यहाँ कार्यरत नेपालीहरूको रोजगारी गुम्ने खतरा बढेको छ । विभिन्न बहानामा संगठित हुने र आफू निकट दललाई सघाउन लेबी उठाउनेजस्ता कार्य गरेपछि त्यहाँको सरकारको आँखामा नेपालीहरू परेका हुन् । कान्तिपुर दैनिकमा समाचार छ।
 
हरेक राजनीतिक दलले कतार, साउदी अरब, कुवेत, ओमान, बहराइनलगायत देशमा गोप्य रूपमा संगठन विस्तार गर्दै आएका छन् । रोजगारीमा गएकाबाट रकम उठाउने र त्यहाँ नेताहरू गएर भाषण गर्ने गरेकामा ती मुलुकले अनौपचारिक रूपमा असन्तुष्टि व्यक्त गर्दै आएका छन् । यस्ता गतिविधि आफ्नो देशमा पाएपछि उनीहरूले ध्यानाकर्षण गराएको परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो । खाडीमा १० लाखभन्दा बढी नेपाली कार्यरत छन् ।
 
‘नेपालीहरू कुनै न कुनै राजनीतिक दलसँग नजिक रहने र आफ्नो दललाई सहयोग गर्न वा आफू निकट नेतालाई घुमाउन भए पनि संगठित भएर पैसा उठाउँछन् ।
  
Published on: 3 January 2016 | Kantipur

Back to list

;