s

खाडी तथा मलेसियामा एक सय ९ शव अलपत्र

नियमित उडान नहुँदा विदेशमा नेपालीहरुका शव थुप्रिन थालेका छन्। यो समाचार तयार पार्दासम्म खाडी तथा मलेसियामा १ सय ९ शवहरु अलपत्र छन्।

वैदेशिक रोजगार बोर्डका अनुसार साउदीमा ४६, मलेसियामा ४०, युएईमा ९, कतारमा ८, कुवेतमा ४ र बहराइनमा २ वटा शव अड्किएका छन्। शव कोरोना बाहेक विभिन्न कारणले ज्यान गुमाउनेहरुको हो। 

नियमित उडान नहुँदा शवहरु ल्याउन समस्या रहेको बोर्डले जनाएको छ। कतारमा रहेका ८ शवमध्ये ३ वटा शव ल्याउने प्रकृया पुरा भएको बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले बताए।

गत वर्ष पनि लकडाउनका कारण महिनौँसम्म सयौँ शवहरु विदेशमा अड्किएका थिए। लामो समयसम्म शव ल्याउन नसक्दा समस्या भएपछि बोर्डले मृतकको अन्त्येष्टी सम्बन्धित मुलुकमै गर्न आफन्तहरुलाई प्रेरित गरेको थियो। 

सम्बन्धित गन्तव्य मुलुकमै अन्त्येष्टी गरिएका मृतकका परिवारलाई सान्त्वना स्वरुप ५० हजार दिने निर्णय बोर्डले गरेको थियो। त्यसबेला उक्त निर्णयको आलोचनासमेत भएको थियो।

Published on: 15 June 2021 | Setopati

Link

Back to list

;