s

खाडी छाडेर जंगलमा बाख्रापालन

ताङतिङ गाउँका ५१ वषर्ीय चित्रबहादुर गुरुङले साउदी अरबबाट फर्केर जंगलकोपाखो जमिनमा बाख्रापालन सुरु गरेका छन् । दुई वर्ष साउदी अरबमा मजदुरी गरेरफर्केका उनी पुनः अर्को मुलुक जाने तयारीमा थिए । एकाएक उनको मन बदलियो ।सञ्चारमाध्यममा उनले विदेशबाट फर्केर कृषि व्यवसायमा लागेका युवाहरूकोबारेमा जानकारी पाए ।

उनीहरूको सफलताको कथा सुनेर मैले भिसा छाडेर आफ्नै ठाउँमा केही गर्ने प्रण गरेँ' उनले भने, 'त्यसपछि बाख्रापालन सुरु गरेको हुँ ।'

गाउँमा दुई घन्टाको दूरीमा रहेको एकान्त जंगलको कलबन्दी पाखामा झुप्रो बनाएर उनले तीन महिनादेखि बाख्रापालन सुरु गरेका हुन् ।
पहिलो चरणमा ६० वटा उन्नत जातका बाख्राबाट व्यवसाय सुरु गरे । थपेरबाख्राको संख्या दुई हजारभन्दा बढी पुर्‍याउने लक्ष्य उनको छ । उनले सुरुमा६ लाख रुपैयाँ लगानी गरेका हुन् ।  बाख्रापालनसँगै तरकारीखेती र कुखुरापालनसमेत थालेका छन् । 

बाख्राको खोर र जंगलमा बस्न झुपडी त्यहाँ उनको मात्रै छ । साउदी अरबमाबस्दासमेत उनले बाख्रा चराउने काम गरेका थिए । अर्काको मुलुकमा यसरी गोठालोबन्दा नरमाइलो लागेको थियो ।
आर्थिक अवस्था कमजोर भएका उनलाई बाध्यताले खाडी मुलुक डोर्‍याएका हो ।'विदेशमा सारै दुःख गरियो, गुरुङले भने, 'अहिले त्यस्तो दुःख आफ्नै देशमागरे आम्दानी गर्न सकिने रहेछ भन्ने लागेको छ ।'

सुरुमा उनले व्यवसाय गर्न गाउँकै अन्नपूर्ण महिला तथा बचत सहकारीसंस्थासँग ऋण लिए । 'लगानी जुटाउन गारो छ,' उनले भने, 'कृषिको बृहत् फार्मबनाउने खोजेको छु, पुँजीले साथ दिएको छैन ।'

यतिबेला उनको कामबाट प्रभावित भएर यहाँका अन्य गाउँले समेत पशुपालनतर्फआकषिर्त भएका छन् । उनलाई छोरा चोकबहादुरले व्यवसायमा सघाएका छन् ।

Published on: 8 April 2012 | Kantipur

Back to list

;