s

केन्यामा ७ नेपाली महिलाको उद्धार

अवैधानिक रूपमा भारतको राजधानी नयाँदिल्ली हुँदै अफ्रिकी मुलुक केन्या पुगेका सात नेपालीलाई भारत सरकारको सहयोगमा केन्याको प्रहरीले उद्धार गरेको छ । तीनजना भारतीय नागरिकलाई उद्धार गर्ने क्रममा नेपाली महिलाको पनि उद्धार भएको हो । उनीहरूलाई केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत जिमी अस्करको पहलमा केही दिनमै स्वदेश फर्काउने तयारी छ ।
 
सातैजनासँग राहदानी तथा प्रवेशाज्ञाको म्याद रहेकाले स्वदेश फर्काउन कानुनी समस्या नहुने उनको भनाइ छ । उनीहरूलाई केन्याको नैरबीस्थित प्रहरीले हिरासतमा राखेको छ । बिहीबार भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ट्विट गर्दै तीनजना भारतीय र सातजना नेपालीको उद्धार भएको उल्लेख गरेकी थिइन् ।
 
त्यसलगत्तै परराष्ट्र मन्त्रालयले दक्षिण अफ्रिकास्थित नेपाली दूतावाससँग थप सोधपुछ गरेको थियो । केन्यामा सामान्य रोजगारीका क्रममा ती महिला नयाँदिल्लीबाट लगिएको थियो । नेपालीलाई केन्यामा वैदेशिक रोजगारीमा जाने अनुमति छैन ।
 
Published on: 5 January 2018 | Naya Patrika

Back to list

;