s

कति नेपालीलाई स्वदेश फर्काउने त्यसको हिसाव किताब हुँदै छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कति नेपालीलाई स्वदेश फर्काउने त्यसको हिसाव किताब भइरहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रमबारे सांसदहरूका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कति ल्याउन सकिन्छ, कति ल्याउनु पर्छ, कति ल्याउनै पर्ने स्थितिमा छ त्यसको हिसाव किताव भइरहेको बताए।

ओलीले विदेशमा रहेका नेपाली ल्याउने भन्दैमा भावनामा डुब्न नहुने स्पट पारे।

‘४५/५० लाख युवाहरु विदेशमा छन् भन्ने छ। ४५ लाख हाम्रा सबै जाहाजहरु प्रयोग गरेर ती युवाहरुलाई स्वदेश फर्काउन कति समय लाग्छ? अमेरिकाले एक सय जना फिर्ता लगे जस्तो होइन,’उनले भने ‘ती फर्किएका नेपालीलाई क्वारेनटाइनमा राख्ने भन्ने कुरा सजिलो छ तर कुन जनशक्तिले सरकारले व्यवस्था गर्छ?’

यसो भन्दैमा सरकारले आफ्ना नागरिकलाई देश फर्कन चासो नदिएको भने नभएको उनले बताए।

‘मान्छे ल्याउने भन्दैमा सेन्टिमेन्टमा ह्वारह्वारी ल्याएर क्वारेनटाइनमा राख्न नसक्ने र कोरोना मात्र फैलाउने अनि देशै सोत्तर बनाउने कुरा उचित होइन। सरकार त्यस प्रकारले भद्रगोल शृजना गर्ने मनस्थितीमा छैन,’ उनले भने। 

विभिन्न राष्ट्रका प्रमुखहरुलाई आफैले फोन गरेर त्याहाँ रहेका नेपालीहरुलाई सहज स्थिति बनाउन आग्रह गरेको ओलीले बताए।

फोन संवादपछि त्याहाँ अवैधानिक तरिकाबाट बसिरहेका नेपालीहरुलाई पनि सहज स्थिति भएको उनले दावी गरे।

Published on: 19 May 2020 | Setopati

Link

Back to list

;