s

कतारमा तीन सय नेपालीलाई खाद्यान्न

खोटाङ – कतारमा कोरोना भाइरस (कोभिड–१९)को चपेटामा परेका परेका करिब तीन सय नेपालीलाई खाद्यान्न प्रदान गरिएको छ। कोरोना भाइरसको संक्रमणले आक्रान्त बनाएपछि कतारमा अस्थायी ‘लकडाउन’ लागू हुँदा समस्यामा परेका नेपालीलाई गैर–आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको पहलमा चामल, आँटा, तेल लगायतका खाद्य सामग्री प्रदान गरिएको हो। 

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि कतार सरकारले विभिन्न कम्पनीमा कार्यरत कामदारलाई होम क्वारेन्टीनमा बस्न आग्रह गरेपछि खाद्यान्न संकट निम्तिने अवस्था देखिएपछि रेड क्रसियन्ट सोसाइटी कतारमार्फत खाद्यान्न सहयोग गरिएको गैर–आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका सदस्य एबं राहत सामग्री बितरणमा सक्रिय खोटाङका गजेन्द्र खालिङ राईले जानकारी दिए। 

 ‘लकडाउन’का कारण आवश्यक खाद्यान्न किनमेलमा जान नसक्ने र कार्यरत कम्पनीबाट समयमा तलव नपाउँदा समस्यामा परेका नेपालीको तथ्यांक संकलन गरेर राहत स्वरुप सहयोग जुटाइएको हो। ‘लकडाउन’का कारण खानपिनका लागि सामग्री जुटाउनै सकस पर्न थालेको भन्दै कतिपय नेपाली कामदार गैर–आवासिय नेपाली संघ (एनसिसि) कतारको सम्पर्कमा आएको राईले जानकारी दिए। पिडित कामदारलाई जनही ३ केजी चामल, २ केजी आँटा, १ लिटर तेल, १ केजी दाल, २ प्याकेट पास्ता, १ लिटर दुध, १ प्याकेट चियापत्ती, ४ क्यान टुना र ५ क्यान टोमाटो पेस्ट प्रदान गरिएको छ। 

कोरोना भाइरसका कारण कतारमा २० दिनदेखि मुख्या औद्योगिक क्षेत्र सनैया १ नम्बर देखि ३२ नम्बरसम्म अस्थायी रूपमा ‘लकडाउन’ गरिएको छ। कतारमा कोरोनाको कारण उत्पन्न असहज परिस्थितिको कारण समस्यामा परेका अन्य नेपालीलाई क्रमशः दोश्रो चरणमा खाद्यान्न प्रदान गरिने जनाइएको छ। खाद्यान्न सहयोग गर्नका लागि हाल नेपाली कामदारको तथ्यांक संकलन जारी रहेको र समस्यामा परेका मजदुरलाई आफ्नो नाम, मोबाईल नम्बर, घर नम्बर र आइडी नम्बर उपलब्ध गराउन भनिएको छ। प्रवासमा ‘कोरोना भाइरसबाट आफु पनि बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने भनाईलाई सार्थक बनाउनका लागि खाद्यान्न राहत प्याकेज तथा वितरण लगायतका कामका लागि स्वयंसेवी व्यक्ती तथा संस्थालाई सहकार्यका लागि एनसिसिमा सम्पर्क गर्न आग्रह गरिएको राईले बताए। 

हालसम्म हाल कतारमा कार्यरत नेपालीमा संक्रमण भए÷नभएको जानकारी बाहिर आएको छैन। गैर–आवासिय नेपाली संघले समेत हालसम्म नेपाली संक्रमीत भएको जानकारी प्राप्त नभएकोले सुरक्षित रहन आग्रह गरेको छ।

Published on: 3 April 2020 | Nargarik

Link

Back to list

;