s

कतारमा मृत्यु भएका गणेशको शव दुई महिनापछि नेपाल ल्याइयो

धन कमाउन विदेश गएका चापाकोट नगरपालिका- ७ केवलघारीका ३८ वर्षका गणेश गैरेको शव दुई महिनापछि नेपाल ल्याइएको छ ।
 
आठ महिनाअघि उनी कतार  गएका थिए । कतारमा गाडी चालकको रुपमा काम गर्दै आएका गैरे गत कात्तिक २ गते गाडीभित्रै मृत अवस्थामा भेटिएको मृतकका आफन्त शङ्कर पोखरेलले बताए । कम्पनीले शव नेपाल ल्याउने प्रक्रियामा आलटाल गरेकाले गैरेको शव नेपाल ल्याउन ढिला भएको हो ।
 
सोमबार चापाकोट नगरपालिका-७ को साँखरस्थित कालीगण्डकी किनारमा गैरेको दाहसंस्कार गरिएको छ ।  कम्पनीले बिदाका समयमा गैरेको मृत्यु भएका कारण खर्चमा कुनै पनि सहयोग नगरेपछि शव नेपाल ल्याउन समस्या परेको आफन्तले जनाएका छन् ।
 
गैरेका श्रीमती, दुई छोरी र एक छोरा छन् । उनको निधनले गाउँ नै शोकमा डुबेको छ ।
 
Published on: 18 December 2018 | onlinekhabar

Back to list

;