s

कास्कीमा पनि एमआरपी सुरु

जिल्ला प्रशासनले आइतबारदेखि एमआरपीका लागि फारम वितरण सुरु गरेको छ ।

एमआरपीका लागि राजधानी जानुपर्ने झन्झट कम गर्न सरकारले जिल्लाबाट एमआरपीका फारम वितरण थालेको हो । एमआरपीका लागि फारम भर्न पोखरा आसपास गाउँबाट सर्वसाधारण आउन थालेका छन् । गण्डकी र धौलागिरिका दस जिल्लाका एमआरपी फारम पनि यही जिल्लामै पठाइने व्यवस्था गरिएको छ । 'यहीं संकलन भएपछि एकमुष्ठ एमआरपीका लागि काठमाडौं पठाउँछौँ,' प्रजिअ शम्भु कोइरालाले भने, 'यसले एमआरपीका लागि सर्वसाधारणलाई काठमाडौं जानुपर्ने बाध्यता हटेको छ ।'

Published on: 18 July 2011 | Kantipur

Back to list

;