s

कसरी गर्ने अनलाइन श्रम नवीकरण ?

वैदेशिक रोजगारमा जाने कामदारले यथास्थानमा रहेर अनलाइन माध्यमबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था छ । यसका लागि कामदारले वैदेशिक रोजगार विभागले निर्माण गरेको एफइआइएमएस गएर नवीकरण गर्नुपर्छ । त्यहाँ कामदारले अवधि रहेको राहदानी, कामदार भिसा र कम्पनीसँग भएको सम्झौतापत्रसमेत अपलोड गर्नुपर्छ ।

त्यस्तै, सोही वेबसाइटमा गएर कामदारले वैदेशिक रोजगार म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकमसमेत भुक्तानी गर्न सक्छन् । कामदारको उमेरअनुसार बिमा रकम तोकिएको हुन्छ । थोरैमा चार हजार दुई सय र धेरैमा नौ हजार चार सयसम्म बिमा रकम भुक्तानी गर्नुपर्छ भने एक हजार पाँच सय कल्याणकारी कोषको रकम भुक्तानी गर्नुपर्ने हुन्छ । रकम भुक्तानीका लागि विभिन्न पेमेन्ट वालेटको प्रयोग गर्न सकिन्छ ।

विभागले ०७१ सालदेखि डिजिटल तथ्यांक संकलन गर्न सुरु गरेको हो भने ०७९ जेठदेखि सबै खालको श्रम स्वीकृति पनि अनलाइन गर्न सुरु गरेको थियो ।

Published on: 4 January 2023 | Naya Patrika

Link

Back to list

;