s

कसैलाई भोकै नराख्ने पालिकाको नीति

खोटाङ - दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लकडाउनको समयमा कसैलाई भोकै नराख्ने नीति लिएको छ। कोरोना भाइरसको सम्भावित खतरालाई लक्षित गरेर सरकारले लागू गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्न नपाएका विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउन नगरपालिकाले  १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। 

नगरपालिकाको ‘लोककल्याणकारी नीति’ अनुसार लकडाउनको मारमा परेका दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने तथा विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउने गरी बजेट विनियोजन गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए। लकडाउनकै कारण नगरपालिकाभित्र कसैले पनि भोकभोकै बस्नुपर्ने छैन, उनले भने, आवश्यकताको पहिचान गरेर आवश्यक खाद्यान्न उपलब्ध गराउने गरी प्रत्येक वडामा  एक/एक लाखका दरले रकम बजेट विनियोजन गरिएको हो। 

खाद्यान्न तथा दैनिक उपभोग्यवस्तु आपूर्ति व्यवस्थापनका लागि प्रत्येक वडाका वडाध्यक्षको संयोजकत्वमा स्थानीय प्रहरीको प्रतिनिधिसमेत रहने गरी समिति गठन गरिएको जनाइएको छ। १५ वडा रहेको सो नगरपालिकाले यसअघि दिक्तेल–खानीडाँडा सडक निर्माणको काम गरिरहेका उदयपुर र पथरी मोरङका १९ कामदार तथा दिक्तेल बजारका १७ घर विपन्न परिवारलाई करिब १५ दिन पुग्ने खाद्यान्न उपलब्ध गराएको थियो। रासस

Published on: 2 April 2020 | Nagarik

Link

Back to list

;