s

कार्यकर्ता भर्ती गर्न ल्याइएको 'प्रधानमन्त्री रोजगार कार्यक्रम' असफल भयो : पूर्वश्रममन्त्री अर्याल

काठमाडौँ — पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले 'प्रधानमन्त्री रोजगार कार्यक्रम' राजनीतिक दलका कार्यकर्ता भर्ती गर्न ल्याइएको बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले बिहीबार आयोजना गरेको ‘इम्प्लोयमेन्ट, माइग्रेसन एन्ड रेमिट’ सम्मेलनको पहिलो सत्र 'आन्तरिक रोजगारी दशक, सफल पार्न सकस'मा प्रतिनिधिसभा सदस्यसमेत रहेका अर्यालले अध्ययनबिनै ल्याइएको कार्यक्रम सफल नभएको बताएका हुन् ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा त्यत्रो ठूलो रकम खर्च भयो, तर कार्यक्रमले के दियो ? कार्यक्रम केका लागि ल्याइयो । हामीले कार्यक्रम ल्याउदा समीक्षा गर्दैनौँ । समीक्षाबिना ल्यायएको कार्यक्रम सफल हुँदैन,’ उनले भने, ‘अहिलेको अवस्था विकराल छ । तर, यो अवस्थाबाट भाग्न पर्दैन, भाग्नुपर्ने अवस्था अवस्था छैन । समस्याको सामाधान समभव छ ।’

अर्यालले श्रमिकलाई न्यूनतमभन्दा न्यूनतम सीप सिकाउन आवश्यक रहेको बताए । त्यस्तै, व्यवहारिक शिक्षा पनि आवश्यक रहेको बताए । ‘२० दिन मन्त्रालय सम्हाल्दै गर्दा यही कुरा उठाएका थिए, तर मिडियाको साथीले अर्को परिभाषा गरिदिए,’ उनले भने, ‘जबसम्म हामीले न्यूनतमभन्दा न्यूनतम सीप सिकाउन जरुरी छ ।’

Published on: 9 February 2024 | Kantipur

 

Link

Back to list

;