s

करोड लगानी गरेर गाईपालन

निवृत्त जिल्ल्ाा शिक्षा अधिकारीको अगुवाइमा हेटौंडा नगरपालिका-६ कल्याणटारमा जिल्लाकै ठूलो गाई फार्म स्थ्ाापना गरिएको छ । हेटौंडा नगरपालिका-२ का पूर्वसरकारी अधिकारी श्याम सुवेदीको सक्रियतामा 'नमुना कृषि फार्म' स्थापना गरिएको हो । करिब ८० लाखको लागतमा स्थापना गरेको उक्त फार्ममा सुवेदीसहित ४ युवाले लगानी गरेका छन् ।

लामो समय सरकारी जागिरमा सक्रिय सुवेदीले समाजमा केही नयाँ काम गरेर देखाउने उद्देश्यले गाईपालन  व्यवसाय सुरु गरेको बताए । सुवेदीको हेटौंडा बजारमा बसोवास भए पनि दैनिक एकपटक गाई फार्ममा पुग्ने गर्छन् । उनको घरबाट गाई फार्म १० किलोमिटरको दूरीमा छ ।

३ बिघा जमिन १० वर्षका लागि भाडामा लिएर उनले गाईपालन सुरु गरेका हुन् । उनको फार्ममा अहिले साना ठूला गरेर ७० वटा गाई छन् । तीमध्ये ३५ वटा दुहुना छन् । दैनिक ३ सय लिटर दूध सहकारीलाई बिक्री गर्ने गरेका छन् । 'मासिक ४ लाख रुपैयाँको दूध बिक्री गर्ने गरेका छौं,' फार्मका अर्का लगानीकर्ता सुरेन्द्र विष्टले भने ।

Published on: 15 September 2013 | Kantipur

Back to list

;