s

कर्णालीको मुख्यमन्त्री रोजगार कार्यक्रममा १ अर्ब १६ करोड बजेट

१ असार, सुर्खेत । कर्णाली प्रदेशमा मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १ अर्ब १६ करोड बजेट विनियोजन गरिएको छ ।

अर्थमन्त्री महेन्द्र केसीले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमलाई निरन्तरता दिएको बताएका छन् ।

अर्थमन्त्री केसीले प्रदेशको गरिबी निवारण र रोजगारीका लागि मुख्यमन्त्री रोजगार कार्यक्रम प्रदेशका सबै वडामा सञ्चालन गरिने बताए ।

‘यो कार्यक्रमबाट १६ हजार बेरोजगारीले आंशिक रोजगारी प्राप्त गर्ने अनुमान गरेको छु,’ मन्त्री केसीले भने । उक्त कार्यक्रम प्रभावकारी नभएको भन्दै प्रश्न उठिरहेको छ ।

Published on: 17 June 2024 | Onlinekhabar

Link

Back to list

;