s

कर्मचारीमा काेराेना देखिए पछि बोर्डबाट प्रदान गरिने आर्थिक सहायता बन्द

काठमाडाैं, असाेज १८ गते । वैदेशिक रोजगार बोर्ड सचिवालयबाट प्रदान गरिने आर्थिक सहायता अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ । बोर्ड सचिवालयमा कार्यरत कर्मचारीलाई कोभिड–१९ सङ्क्रमण भएको हुँदा सेवाग्राही तथा सेवा प्रदायकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी अर्को सूचना नभएसम्म सचिवालयबाट प्रदान गरिने आर्थिक सहायतासम्बन्धी सम्पूर्ण सेवा बन्द गरिएको छ ।

सम्बन्धित व्यक्तिले आवश्यक कागजातसहित स्थानीय तहमा निवेदन दिई कागजात रुजुपछि आधिकारिक इमेलबाट बोर्ड सचिवालयको इमेलमा प्राप्त भएमा सचिवालयले कागजात रुजु गरी सम्बन्धित व्यक्तिको बैंक खातामा आर्थिक सहायतावापतको रकम पठाउने बोर्डले जनाएको छ । सचिवालयबाट अत्यावश्यक सेवाअन्तर्गत गरिने शव ढुवानी सञ्चालन गरिएको बोर्डले जनाएको छ ।

Published on: 5 October 2020 | Gorkhapatra

Link

Back to list

;