s

कर्मचारी नहुँदा काम प्रभावित

कर्मचारी अभावमा यहाँका छोटी र मूल भन्सार कार्यालयको कामकाज प्रभावित भएको छ । सरुवा भएका कर्मचारी नआएपछि दैनिक काम प्रभावित भएको भन्सार प्रमुख रामेश्वरकुमार मिश्राले बताए । २६ जनाको दरबन्दीमा हाल ५ जना कर्मचारी कार्यरत छन् ।  पटक पटक कर्मचारी पठाइदिन केन्द्रमा आग्रह गरे पनि सुनवाइ नभएको गुनासो प्रमुख मिश्राको छ । 'कर्मचारी नहुँदा राजस्व संकलनमा समेत ठूलो असर परेको छ,' उनले भने । त्यस्तै द्वन्द्वकालमा बन्द रहेका बर्दियाका सात छोटी भन्सार कार्यालय पर्याप्त कर्मचारीको अभावमा सञ्चालनमा आउन सकेका छैनन् ।शान्ति स्थापनाको ६ वर्ष बितिसक्दा पनि भन्सार विभागले दरबन्दीका कर्मचारी नपठाउँदा छोटी भन्सार कार्यालय सञ्चालनमा आउन नसकेका हुन् । राजापुरको भन्सार दुईजना कर्मचारीको भरमा छ । मूल भन्सारका प्रमुख अहिले कर्मचारीको अभावमा छोटी भन्सारमा प्रमुख भई काम गर्न बाध्य भएका छन् । छोटी भन्सारका द्वन्द्वकालअघि सञ्चालनमा रहेको पडेरिया, गणेशपुर, छेदापुर, ताराताल, धनौरा, कोठियाघाट र टपरा छोटी भन्सार कार्यालय बन्द भएपछि यस क्षेत्रमा चोरी पैठारी बढेको भन्सारका कर्मचारीले बताएका छन् ।

Published on: 15 September 2013 | Kantipur

Back to list

;