s

करेन्ट लागेर मजदुरको मृत्यु

दमक, असार १५ गते । झापाको बिर्तामोडमा करेन्ट लागेर एक मजदुरको घटनास्थलमै मृत्यु भएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर २ मा सडक निर्माणको क्रममा जमेको पानी मोटरले तानेर फ्याल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

शुक्रबार बिहान घैलाडुब्बा–बिर्ताबजार सडक खण्ड अन्तर्गत बिर्तामोड २ स्थित कच्छुबारीमा बाटोको सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा बिर्तामोड ३ का ४० वर्षीय धनबहादुर राजवंशीको करेन्ट लागेको थियो ।

प्रहरीका अनुसार प्लम लगाउने ठाउँमा पानी जमेपछि त्यो पानी हटाउन मोटर जोड्न साथ राजवंशीलाई करेन्ट लागेको र उहाँको घटनास्थलमा नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Published on: 30 June 2023 | Gorkhapatra

Link

Back to list

;