s

कामको पत्तो छैन विदेशिनेको लर्को

किउलकी विमला विक विदेशिने सुरमा छिन् । जिल्ला प्रशासनबाट राहदानी पाएपछिखुसी देखिएकी विमलाले सुनाइन्, 'अब विदेश जान पाइने भयो ।' गोल्चेकाकर्णबहादुर लामा छोरीलाई विदेश पठाउन राहदानी बनाउन सदरमुकाम आएका छन् ।उनी भन्छन्, 'छोरी जान्छु भन्छे, पठाउनै पर्‍यो ।' उनीहरू त उदाहरणमात्रैहुन् । वैदेशिक रोजगारीमा जान राहदानी बनाउन सदरमुकाममा महिलाको भीड लाग्नेगर्छ ।

विदेश जान हतारिए पनि कुन देश कसरी जाने, कसले लैजाने र के काम गर्नुपर्छभन्नेबारे जानकारी भने उनीहरूमा खासै पाइँदैन । पछिल्लो समय खाडी मुलुकमाघरेलु कामदारका रूपमा जाने महिला यस्तै जानकारीको अभावमा जाने गर्दामानसिक, शारीरिक र यौन हिंसामा पर्ने क्रम बढी छ । कतिपयले ज्यानैसमेतगुमाए ।

विदेश जान चाहने ग्रामीण भेगका अधिकांश महिला दलालको विश्वासमा पर्नेगरेका छन् । विमला भन्छिन्, 'गाउँकै दाजुले लैजाने भनेको छ । आफ्नै मान्छेभएकाले राम्रै जागिर लगाउने विश्वास छ ।' ११ र ५ वर्षको छोराछोरी छोडेरविदेशिन लागेकी विमला भन्छिन्, 'बहिनी विदेशमा छ राम्रो काम पाइन्छ रे ।' विदेशिन महिला आफैंले मात्र चाहेका छैनन् । अभिभावकसमेत छोरी विदेश पठाउनसक्रिय छन् । २० वर्षकी अविवाहित छोरी पठाउन लागेका कर्ण अनुमान गर्छन्, 'गाउँका धेरै महिला विदेश गएकाले पक्कै राम्रै काम पाइएला ।'

गरिबी, अशिक्षा र देखासिकीका कारण सिन्धुपाल्चोकबाट कामको खोजीमा महिलाविदेशिने क्रम बढ्दै गएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाभन्छन्, 'कहिल्यै घरबाट बाहिर ननिस्केका र नेपाली अक्षरसमेत नचिन्नेमहिलाले विदेशमा कसरी काम गर्लान् ?' कम उमेरका किशोरीले बढी देखाएरनागरिकता बनाउने र कसैको आश्वासनमा परेर राहदानी लिन खोज्ने संख्या अधिकरहे पनि प्रमाणबिना केही गर्न नसकिएको उनको भनाइ छ ।

कतिपय अभिभावकलाई थाहै नदिई विदेश जाने गरेका छन् । भोताङकी तोकसानीतामाङलाई थाहै नदिई विदेशिइन् । विदेश गएका श्रीमान् गणेश तामाङले घरफर्केपछि मात्र श्रीमती पनि विदेशिएको थाहा पाए । गणेशका अनुसार उनकोगाउँबाट आधाभन्दा बढी महिला विदेशिएका छन् । जिल्लाका धेरैजसो गाउँ महिलाविदेशिएको सूचीमा छन् । पाल्चोक ९ का स्थानीय सामाजिक कार्यकर्ता छिरिङलामा भन्छन्, 'कुनै-कुनै घरमात्र बाँकी छ । एकै घरबाट ४ जना विदेशिएका छन्।'

जिल्लाको मध्य र पश्चिमी भेकका गाउँ महिला विदेशिनेमा अग्रपंक्तिमा छन् ।सिंपालकाभ्रे, गोल्चे, गुम्बा, भोताङ, थाङपालकोट, धाप, बरुवा, हेलम्बु, बाँसखर्क, पाल्चोक, गुन्सालगायतका गाविसबाट अधिकांश महिला विदेशिएका छन् ।थाङपालकोटका ६ सय धुरीका महिला धेरैजसो विदेशमा रहेको स्थानीय जानकारबताउँछन् ।

स्थानीय राजनीतिक कार्यकर्ता शंकर लामा भन्छन्, 'विदेशबाट ल्याएकोआम्दानीले घरखेत जोड्ने क्रम बढेको छ । यो सकरात्मक परिवर्तनले पनि विदेशजान थप आकर्षण बढाएको हो ।' अधिकांश साउदी र कुवेतमा गएको उनले सुनाए । जिल्ला प्रशासनका अनुसार ०५४ यता झन्डै २५ हजार महिलाले राहादनी लिएका छन् ।

गत कात्तिकबाट एमआरपी वितरण गर्न थालिएको छ । यस अवधिमा झन्डै ४५ प्रतिशतमहिलाले राहदानी लिएका छन् । जिल्लाको पश्चिम भेग हेलम्बुदेखि पूर्वकोतातोपानी र मध्य क्षेत्रको सदरमुकाम आसपासका गाविससम्म विदेश नजाने गाउँछैन ।

Published on: 7 April 2012 | Kantipur

Back to list

;