s

कामको खोजीमा विदेश जाने नेपाली घटे,रेमिट्यान्स २० प्रतिशत बढ्यो

चालु आर्थिक वर्षको ९ महिनामा विदेशबाट आउने रेमिट्यान्स २० प्रतिशतले बढेको छ । केन्द्रिय बैंकले सार्वजिनक गरेको तथ्यांकअनुसार साउनदेखि चैतसम्म ६ खर्ब ५३ अर्ब नेपाली रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ।
 
अघिल्लो वर्षको यही अवधिमा ५ प्रतिशतले बढेर ५ खर्ब ४० अर्ब भित्रिएको थियो। अमेरिकी डलरमा भने रेमिट्यान्स ९ प्रतिशतलेमात्र बढेको छ। जुन अघिल्लो वर्ष पनि यत्तीले नै बढेको थियो। रेमिट्यान्समा बृद्धि भएपनि यो वर्ष कामको खोजीमा विदेशीने नेपालीको संख्यामा भने गिरावट आएको छ। अघिल्लो वर्षको तुलनामा ३९ प्रतिशतले कामदार घटेका छन्। अघिल्लो वर्षको नौ महिनामा २ लाख ८१ हजार नेपाली कामको खोजीमा विदेशिएका थिए भने यो वर्ष १ लाख ७० हजार नेपालीमात्र बाहिरिएका छन्।
 
Published on: 19 May 2019 | Setopati

Back to list

;