s

कामदारले गेटपास नपाएपछि म्यानपावर सञ्चालक कुवेतमा

कुवेतस्थित अलकाउट फर बिल्डिङ्ग एण्ड रोड क्लिनिङ्ग कम्पनीमा गएका नेपाली कामदारहरुको समस्या समाधान हुने भएको छ । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका ९७ जना कामदार कम्पनीबाट काम र तलब नपाएका कारण समस्यामा परेपछि राजधानीको सामाखुसीस्थित एसआरके नेपाल प्रा.लि.का सञ्चालक किशोरकुमार केसीले आफू कुवेत पुगेर समसस्याको समाधान गरेको बताएका छन् ।
 
क्लिनरको काममा कुवेतमा गएका नेपाली कामदारहरुलाई काम र तलवको समस्या भएपछि म्यानपावर सञ्चालक के.सीले आफू कुवेत पुगेर समस्याको समाधान गरेको बताए ।
 
नेपालबाट अलकाउट फर बिल्डिङ्ग एण्ड रोड क्लिनिङ्ग सप्लाई कम्पनीमा गएका ९७ जना कामदार मध्ये उक्त कम्पनीले केओसी र केएनपीसी भन्ने कुवेतको अर्धसरकारी कम्पनीमा पठाइएको भए पनि उनीहरुले पाउनुपर्ने गेटपास नपाएपछि समस्यामा परेका थिए भने २५ जनाले काम गरिरहेका थिए । म्यानपावर कम्पनीका सञ्चालक केसीले कुवेत पुगेर त्यहाँस्थित नेपाली दूतावासका प्रतिनिधि ज्ञानबहादुर मगरलाई लगि कम्पनीसँग छलफल गरी कामदारको समस्या समाधान गरेको बताए । सञ्चालक केसीले कुवेतबाट टेलिफोनमा मध्यान्ह राष्ट्रिय दैनिकसँग कुरा गर्दै आगामी शनिबारदेखि नेपाल फर्किन चाहेका वाहेक सबै कामदार काममा जाने जानकारी दिए ।
 
उनीहरुमध्ये १६ जनाले घर फर्काइ दिन माग गरेका छन् । उनीहरुले कम्पनीमा पुग्ने बित्तिकै १० केडी दिएको र त्यसपछि काम तथा तलव नदिएको हुँदा हाल खाना खाने रकमसमेत अभाव भएको गुनासो एसआरकेमा गरेपछि सञ्चालक केसीले उनीहरुलाई फर्काउने विषयमा छलफल भइरहेको बताए ।
 
उनीहरु मध्ये केहीले काम र तलव नपाउँदा समस्यामा परेको भन्दै स्वदेश फर्काउन पहल गरिदिन मागगर्दै म्यानपावर कम्पनी सँगै नवलपरासी कावासोतीमा रहेको वैदेशिक रोजगार सूचना तथा परामर्श केन्द्रसँग सहयोग मागेका थिए ।
 
Published on: 26 January 2018 | Madhyanha

Back to list

;