s

कामदारले दुःख दिएको म्यानपावरको उजुरी

विभागमा पीडित कामदारका पक्षबाट राहत तथा उद्धारका उजुरी पर्ने गरेका छन् । तर साउदी अरबका हकमा भने म्यानपावर कम्पनीका सञ्चालकले कामदारका कारण आफू समस्यामा परेको भन्दै उजुरी दिने गरेका छन् ।
 
विभाग श्रोतका अनुसार खाडीका दुई मुलुकमा तीन–तीन वर्ष गरी ६ वर्ष रोजगार गरी तेश्रो पटक साउदी गएका एक युवाले गएको ४५ दिनमै स्वदेश झिकाइ दिन  विभागमा  निवेदन गरेपछि राजधानीको सिनामंगलस्थित गोल्डेन इगल म्यानपावर कम्पनीका सञ्चालकले पनि सम्झौता अनुसार काम नगरी आफूलाई हदैसम्मको दुःख दिएको भन्दै विभागमा लिखित निवेदन दिएका छन् ।
 
सामान्यतया म्यानपावर कम्पनीहरुले विभागमा उजुरी नदिई विभागमा परेको उजुरी आफै विभागमा उपस्थित भई फर–फारक गर्ने गरेका छन् ।
 
Published on: 10 March 2018 |  Madhyanha

Back to list

;