s

कामदारलाई ज्याला दिन पठाएको रकम बोकेर इन्जिनियर फरार

कामदारलाई ज्याला दिन पठाइएको रकम बोकेर रसुवामा कार्यरत एक इन्जिनियर फरार भएका छन् । निजी आवास निर्माणका लागि जिल्ला आएको टे«निङ सेन्टर नेपालका रितेशकुमार यादव ४ लाख ९५ हजार रुपैयाँ बोकेर भागेका हुन् ।
 
जिल्लाको धुन्चेस्थित नागुङ र ठाडेमा कामदारका लागि दिन पठाएको पैसा लिएर रितेशकुमार यादव सोमबारदेखि फरार भएको ट्रेनीङ सेन्टरले जनाएको छ ।
 
संस्थाले उपलब्ध गराएको बा ७७ प ७५८० नम्बरको मोटरसाइकल छाडेर रकम लिएर भागेपछि स्थानीयले मोटरसाइकल नियन्त्रणमा लिएका छन् । संस्थाले दिएको जानकारी अनुसार इन्जिनियरले फोन उठाएका छैनन्, चिन्ता नगर्नुस भनेर म्यासेज पठाएका छन् ।
 
जिल्लामा कार्यालय स्थापना नगरी धमाधम घर निर्माण गरिरहेको संस्थाले इन्जिनियरले रकम लिएर भागेपछि काम गर्न आएको भन्ने तथ्य बाहिर आएको हो । इन्जिनियर भागेपछि संस्थाले प्रहरीमा उजुरी दिएको र केन्द्रबाट पनि खोजी कार्य सुरु भएको संस्थाले जानकारी दिएको छ ।
 
जिल्लाको तीन वटा स्थानीय तहमा ४० वटा निजी आवास निर्माण गरिरहेको जनाएको छ । जिल्लाको धुन्चे, स्याफ्रु, धैबुङ, ठूलो गाउँ र राम्चेमा ९ ९ वटा निजी आवास निर्माण गरिरहेको संस्थाले जनाएको छ । तीन महिना अगाडि जिल्ला आएको संस्थामा तीन जना कार्यरत छन् ।
 
जिल्लाको कुनै पनि सरकारी निकायसँग समन्वय नगरी आवास निर्माण गरिहेको संस्थाले आगामी तीन महिनामा घर निर्माण गरिसक्ने लक्ष्य राखेको छ ।
 
जिल्लामा त्यो संस्था दर्ता नभएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति रसुवाका प्रमुख कृष्णकान्त उपाध्यायले जानकारी दिनुभयो । 
 
Published on: 30 January 2018 | Ujyaalo online

Back to list

;