s

कामदारलाई अनिवार्य बैंक खाता: सहयोग नगर्ने व्यवसायीको चेतावनी

बैदेशिक रोजगार व्यवसायी संघले सरकारले ल्याएको बैंक खाता अनिवार्य गर्ने नियम पालना गराउन सहयोग गराउन नसक्ने प्रष्ट पारेको छ। संघले विज्ञप्ति जारी गर्दै सरकारले ल्याएको नियम लागू गर्न सहयोग गर्न नसकिने प्रष्ट पारेको हो।

'वैदेशिक रोजगारमा जाने कामदारको खाता नम्बर , खाता रहेको बैंकको नाम व्यावसायिले बिभागको अनलाइनमा जानकारी गर्न के कस्तो सहयोग गर्न सकिन्छ भन्ने बिसयमा छलफल हुँदै गर्दा भदौ १७ गतेको सूचनामा कामदारले श्रम स्वीकृति आबेदन दिँदा खाता सम्बन्धि प्रमाण खुल्ने ए टि म , चेक बुक , पास बुक जस्ता कागाजात पेश गर्नु पर्ने ब्यबस्था गरिएको देखिएको छ।कुनै ब्यक्तिको बैंक सँग सम्बन्धित कागजात (ए टि एम कारड , चेक , पास बुक ) कहि , कतै रेकर्ड राख्ने वा पत्रचार गर्ने कार्यमा वैदेशिक रोजगार व्यावसायिहरुले कुनै सहयोग गर्न नसक्ने जानकारि गर्दछौ' संघद्वारा जारी विज्ञप्तीमा भनिएको छ। संघले यदि यो नियम लागू गर्ने हो भने पासपोर्ट बनाउँदा नै रेकर्ड राख्नुपर्ने सुझाव पनि दिएको छ।

Published on: 4 September 2019 | Setopati

 

Back to list

;