s

कामदारका परिवारलाई पनि कोरिया लैजान पहल गरिँदै

दक्षिण कोरियाका लागि श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले रोजगारीका लागि कोरिया गएका श्रमिकका परिवारलाई कोरिया भ्रमणको व्यवस्था मिलाउन एचआरडी तथा त्यहाँको श्रम मन्त्रालयमा कुरा राख्ने बताएका छन् ।
 
एनआरएन कोरिया तथा आदिवासी जनजाति महासंघले गरेका स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै बास्तोलाले कोरियामा डिप्रेसनका विभिन्न कारणमध्ये पारिवारिक कारण पनि जिम्मेवार रहेको भन्दै परिवारका सदस्यसँगको भेटघाटले त्यो समस्या न्यून गर्न सकिने बताए । एकातर्फ लामो समयसम्म परिवारसँग बिछोडिएर बस्नुपर्ने  र  अर्कोतर्फ कमाउन गएको भन्दै परिवारबाट आवश्यकता भन्दा धेरै अपेक्षा गरिनुले पनि मानसिक तनाब बढाइरहेको हुन सक्ने भन्दै वास्तोलाले परिवारलाई छोटो अवधिको लागि भएपनि कोरिया भ्रमणको व्यवस्था मिलाउन एचआरडी कोरियालाई अनुरोध गर्ने बताए ।
 
एचआरडी कोरियाले निबन्ध प्रतियोगिता गरेर उत्कृष्ट हुनेको परिवारलाई कोरिया भ्रमणको व्यवस्था मिलाएको भए तापनि त्यो पर्याप्त नभएको भन्दै उनले आगामी दिनमा के कसरी हुन्छ विभिन्न योजना बनाएर धेरै कामदारको परिवारलाइ कोरिया झिकाउनको लागि प्रयास गर्ने बताए ।
 
कार्यक्रममा परिवारले दिने तनाबलाई कम गर्न ईपीएस तालिम केन्द्र भैसेपाटीमा कामदारको परिवारका एकजना सदस्यलाइ अनिवार्य रुपमा उपस्थित गराएर एकदिने प्रशिक्षण समेत दिनु पर्ने श्रम काउन्सिलर मार्फत सुझाब  दिइएको थियो ।
 
Published on: 24 January 2018 | Madhyanha

Back to list

;