s

कामदार भिसामा अमेरिका लान आवेदन मागियो

मुकुन्द गैरे

काठमाडौं, १८ फागुन । अबदेखि रोजगारीको लागि उच्च शिक्षा प्राप्त क्षमतावान नेपाली कामदार (वर्किङ ) भिसामा अमेरिका जान पाउने भएका छन् ।

अमेरिकी सरकारले कामदार भिसा मार्फत अमेरिका जानका लागि इच्छुकले आवदेश ‘एचवान बी’ले मार्च १ तारिकदेखि आवेदन खुल्ला गरेको हो ।

अमेरिकी रोजगारदाताले उच्च शिक्षा भएका व्यक्तिका लागि प्राथमिकता दिदै पहिलोपटक अनलाइनमार्फत आवेदन माग गरेको हो ।
युएससी आईएसको सूचना अनुसार मार्च १ तारिख दिउँसो १२ बजेदेखि आवेदन दिन सकिने उल्लेख छ ।

यो पटक ब्याचलर डिग्री गरेकाहरुका लागि विश्व भरबाट बढीमा ६५ हजारको कोटा खुला गरिएको सूचनामा उल्लेख छ । त्यसै गरी अमेरिकामै मास्टर्स डिग्री गरेकाहरूका लागि २० हजारको कोटा खुला गरेको बताईएको छ ।

रोजगारीको लागि अमेरिका जान चाहने व्यक्तिले विश्वको जुनसुकै स्थानबाट आवेदन भर्न सक्ने छन् । सवै प्रकृया पूरा गरि पास भए एचवान बी भिसा पाईने छ ।

यता वैदेशिक रोजगार विज्ञ मधुविलास पण्डित अमेरिकाले रोजगारीको लागि नेपाली कामदार माग गर्नु राम्रो कुरा भएको बताउनुहुन्छ ।
अमेरिकाले उच्च शिक्षा र सीप भएका कामदारको माग गरेकोले सिप भएका दक्ष मानिस नेपालमा कम भएको उहाँको भनाई छ ।
नेपाल सरकारले उच्च शिक्षा संगै सम्वधित विषयमा दक्ष बनाउन व्यवहारिक ज्ञान दिन सके विदेशमा राम्रो कमाई हुने उहाँको सुझाव छ।

अमेरिकी सरकारले विश्वका विभिन्न मुलुकमा रहेका दक्ष र पढेलेखेका मान्छे आफनो देशमा भित्र्याउने प्रमुख उदेश्य रहेकाे वैदेशिक रोजगार बिज्ञ पण्डितको भनाई छ ।

नेपालीहरु रोजगारीको लागि खाडी मुलुक मात्रै जानु भन्दा यूरोप अमेरिका जानु राम्रो भए तापनि उतै गएर भासिने समस्याले देशलाई ठुला घाटा हुने गरेको उहाँको ठहर छ ।

त्यसैले रोजगारीको लागि जुन सुकै देशमा गए पनि निश्चित समय पछि स्वदेशमै फर्किएर विदेशमा सिकेको सीप र पैसा स्वदेशमै लगाउन सक्नु पर्ने पण्डित बताउनुहुन्छ ।

Published on: 1 March 2020 | Gorkhapatra

Link

Back to list

;