s

कामदार मर्कामा पार्ने काम हुँदैन : श्रम राज्यमन्त्री

श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले वैदेशिक रोजगारी क्षेत्रमा कसैको एकाधिकार नस्विकार्ने बताएका छन् ।

नेपाल स्वास्थ्य व्यवसायी महासंघले सीमित स्वास्थ्यकर्मीको एकाधिकार रहने प्रयास गरिरहेको बायोमेट्रिक प्रणालीका सम्बन्धमा उनले कान्तिपुरसँग उक्त कुरा बताएका हुन् ।

'वैदेशिक रोजगारीको क्षेत्र व्यवस्थित बनाउने हो,' उनले भने, 'कसैको मोनोपोली (एकाधिकार) हुन दिन्न ।'

उनले मलेसियाका कम्पनी र नेपालका स्वास्थ्य व्यवसायीले लगानी गरे बायोमेट्रिक प्रणाली स्वीकार्न सकिने संकेत गरे । तर त्यसबाट नेपाली कामदार मर्कामा पर्न नहुने उनको अडान थियो । 'नेपालका व्यवसायी र उता (मलेसिया) का कम्पनीले लगानी गर्छन् भने राम्रै होला,' उनले भने, 'कामदारलाई मर्कामा पार्नचाहिँ पाइँदैन ।'

भर्खर राज्यमन्त्रीमा नियुक्त भएको भन्दै राज्यमन्त्री गुरुङले बायोमेटि्रक प्रणालीजस्तो प्राविधिक अध्ययन गरेर मात्र थप प्रतिक्रिया दिने बताए । महासंघको पहलमा लागू हुन लागेको बायोमेटि्रक प्रणालीले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सीमित स्वास्थ्य व्यवसायीको एकाधिकार कायम गर्ने योजना छ ।

मलेसिया जाने कामदारले प्रतिव्यक्ति करिब १ हजार ५ सय रुपैयाँका दरले मलेसियाको बेस्टिनेट एसडीएन बीएचडी नामक कम्पनीलाई वाषिर्क कम्तीमा १५ करोड ७५ लाख रुपैयाँसमेत बुझाउनुपर्छ ।

Published on: 6 March 2014 | Kantipur

Back to list

;