s

‘कमाउन विदेश गएका श्रीमान बितेको सुन्दा छाँगाबाट खसेजस्तै भएँ’

दयाराम आचार्य

करिब  तीन वर्षअघि कामकोे सिलसिलामा मलेसिया पुग्नुभएका नवलपरासी कावसोती नगरपालिका–१६, का चिन्तामणि थनेत अहिले मलेसियाको अस्पतामामा मृत्युसँग लडिरहनुभएको छ ।

तीन वर्ष अघि सेक्यूरेटी गार्डको काम गर्नका लागि मलेसिया पुग्नुभएका ३८ वर्षीय  चिन्तामणि अस्पतामामा उपचाररत हुनुहुन्छ । तर, उहाँको घर परिवारलाई उहाँलाई के भएको हो भन्नेसम्म पनि जानकारी छैन । थनेतकी श्रीमती लीला थनेतका अनुसार श्रीमान मलेसिया गएको १४ महिनासम्म रामैसँग काम गरिरहनु भएको बताउनुहुन्थ्यो ।
 
‘त्यती बेलासम्म पैसा पनि पठाइरहनुभएको थियो, लीलाले भन्नुभयो, ‘सबै राम्रो छ भन्नुहुन्थ्यो ।’ लीलाका अनुसार त्यसपछि ३ महिनादेखि ६ महिनाको अन्तरलामा फोन आउने गरेको र आफूले कम्पनी छाडेको चिन्तामणि बताउनु भएको थियो । लीलालाई डेढ वर्षबाट पैसा पनि आएको थिएन् । गएको पुसमा एक्कासी अस्पतालबाट तपाईको श्रीमान अस्पतालामा हुनुहुन्छ, पैसा पठाउनु भनेर फोन आउँदा लीला झाँगाबाट झरेजस्तै हुनुभयो ।
 
त्यसपछि लीलाले आफ्नो श्रीमानसँगै रहेका आफ्नै गाउँका स्थानीयलाई अस्पताल गएर सहयोग गरिदिन भन्नुभयो तर उनीहरुले पनि अस्पतालमा चिन्तामणिलाई फेला नपरेको बताए । लीलासँग अस्पतालमै पठाइदिने पैसा पनि थिएन् । अझ उहाँलाई खोजेर पैसा पठाउने मेलोमेसो पनि थाहा भएन् ।
 
‘एक्कासी गएको शनिबार तपाईंको श्रीमान बित्नुभयो भनेर आफन्तले सुनाए’, लीलादेवीले आखाँभरि आसु बनाउदै भन्नुभयो, ‘म एक्कासी छाँगाबाट खसेजस्तो भएँ ।’
 
गाउँमा श्रीमान बितेको हल्ला भएपछि लीलादेवीले आफ्नो दिदीका साथिमार्फत अस्पतालमा बुझिदिन आग्रह गर्नुभयो । मलेसियामा रहेका चिन्तामणिका दिदीका आफन्त अस्पताल त गए तर चिन्तामणिलाई चिन्न नसकेको बताए । लीलादेवीले नेपालबाट फोटो पठाएर पुनः बुझिदिन आग्रह गर्नुभयो । अन्तमा बिरामीको पहिचान भयो, लीलादेवीले भन्नुभयो । त्यपछि लीलादेवीलाई थोरै भएपनि सन्तुष्टि मिल्यो ।
 
त्यसको केही दिन पछि उपचार भइरहेको छ भनेर फेरि फोन आएको भए पनि अहिलेको अवस्था के रहेको छ भनेर थाहा नपाएको उहाले बताउनुभयो ।
 
‘करिब ५ महिना अघि कुरा हुँदा कम्पनी छाडेको बताउनु भएको थियो । मैले  नेपाल आउनु, म पैसा पठाउछु भन्दा म आउने कोसीस गर्दैछु भन्नुहुन्थ्यो’, लीलादेवीले भन्नुभयो, ‘ धेरै दुख पाँए, कसरी पठाउँछौ ऋण खोजेर  भन्नुभएको थियो । आफूलाई कसरी पठाउने पनि थाहा छैन् ।’
 
श्रीमानलाई के भएको हो भनेर अस्पतालबाट रिपोर्ट पनि नआएको तर फोटो हेर्दा चोटै चोट लागेको देखेको लीलादेवी बताउनुहुन्छ । फोटो देखे पनि श्रीमानसँग कुरा हुन नसकेको लीलादेवी बताउनुहुन्छ । 
 
नेपाल आउने आफ्नो श्रीमानको चाहनालाई आफूले सहयोग गर्न नसकेकोमा लीलादेवीले चिन्ता व्यक्त गर्नुभयो ।‘जसरी भए पनि नेपाल पठाइदिए इहाँ त उपचार हुन्थ्यो’, लीलादेवीले भन्नुभयो, ‘त्यहाँ के भएको छ, कसले के गरेको छ थाहा छैन ।’
 
परिवारद्धार नेपाल झिकाउन आग्रह
 
चिन्तामणि थनेतको आफ्नो कुनै पनि  पासपोर्टसहित अन्य कुनै कागजात नभएको जानकारी आएको चिन्तामणिका दिदी बिन्दु थनेतले बताउनुभयो ।
 
‘कागजात नभएकाले उहाँलाई अस्पतालमा पनि अर्कै नाममा भर्ना गरिएको रहेछ’, बिन्दुले भन्नुभयो, ‘त्यसले गर्दा पनि अझ समस्या भएको छ ।’
 
सुरुमा मलेसियामा रहेका सुन्दर श्रेष्ठबाट चिन्तामणिबारे परिवारसम्म जानकारी आएको लीलाकी दिदी बिन्दुले बताउनुभयो । उहाँका  अनुसार बेवारिसे अवस्थामा चिन्तामणिलाई अस्पताल पुर्याइएको थियो ।
 
तर के भएको हो, कहिले नेपाल पठाउने हो, केही थाहा नभएको बिन्दुले बताउनुभयो । उहाँले जतिसक्दो चाँडो चिन्तामणिलई नेपाल झिकाइदिन आग्रह गर्नुभएको छ ।
 
सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रकी परामर्श दाता रञ्जना लम्सालका अनुसार चिन्तामणि थनेत अस्पतालमा उपचाररत रहेको भन्ने जाकारी आएको र स्वास्थ्यमा केही सुधार भएपछि नेपाल ल्याउने प्रक्रिया थाल्ने बताउनुभयो ।
 
‘दुतावससँग पनि समन्वय गरिरहेका छाै‌, अस्पतालबाट दुतावाससम्म ल्याउन सके ट्राभल डकुमेन्ट बनाएर नेपाल ल्याउने काम हुन्छ’, लम्सालले भन्नुभयो ।
 
उपचारका लागि आर्थिक सहयोग संकलन
 
मलेसियामा अलपत्र रहेका र उपचारको लागि अस्पतालमा भर्ना भएका चिन्तामणि थनेतलाई उपचार खर्च र नेपाल झिकाउनका लागि उनले अध्ययन गरेको जनता मावि त्रिभुवनटारका भूपू  विधार्थीले आर्थिक रकम संकलन गरेका छन् ।
 
भूपू विद्यार्थी मिलन केन्द्र जनता मावि त्रिभुवनटार कावासोतीमा आवद्ध विद्यार्थीले थनेतको ज्यान बचाउन र नेपाल झिकाउन ५५ हजार रुपैयाँ आर्थिक संकल गरी शनिबार चिन्तामणिका परीवारलाई हस्तान्तरण गरेका छन् ।
 
भूपू विद्यार्थी मिलन केन्द्रका अध्यक्ष सोम श्रिपाली, कृष्ण रिमाल, दिपक भट्टराई, हिराकुमारी महतो, मिना बिष्टलगायतको सक्रियतामा संकलन भएको आर्थिक रकम चिन्तामणिका श्रीमती लीलादेवी थनेतलाई हस्तान्तरण गरिएको हो ।
 
Published on: 18 February 2018 | Ujyaaloonline

Back to list

;